Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भिडियोमा आयो डब्बु र दीपकको जिस्केर मस्केर

Thursday, August 3, 2023 National Power

काठमाडौं- गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर।।।’को भिडियो बजारमा आएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट यतिबेला रिलिज गरिएको छ । यो गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् । गीतको संगीत संयोजन पनि सविनले नै गरेका हुन् । यो गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो ।
सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई सँकलन गरेर यो गीत बनाएको यसका गीतकार डब्बु क्षत्रीले बताएका छन् ।
बिलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोको छायाँकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो । यसरी हिमालदेखि तराईसम्म छायाँकन गरिएको यो गीतमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगन, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई यो भिडियोमा कैद गरिएको छ । भिडियोमा सरिता र प्रवणको अभिनय राम्रो छ ।
यो गीतको भिडियोलाई चलचित्र निर्देशक माधवराज खरेलले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा तिलक रिजालको छायाँकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रँग सँयोजन रहेको छ । गीतले दर्शकबाट यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।