Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

समाजसेवी उप्रेतीको उद्धारमा राउतको वीर अस्पतालमा उपचार हुदै

Wednesday, July 19, 2023 National Power

काठमाडौं -मंगलवारर समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो। समाजसेवी सोभित उप्रेती दोलखा जिल्लामा कोरोना माहामारीको बेला होस् अन्य कारणले कमजोर आर्थिक अवस्था भएका दोलखावासी र स्थानीयलाई मानो देखि घरको छानो सम्मका सहयोग उपलब्ध गराउदै आउनु भएको छ।

आर्थिक अवस्था कम्जोर र फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई समाजसेवी सोभित उप्रेतीले नै घर टहरा बनाइदिने देखी लिएर खाद्यान्न वितरण उपचार समेत गर्ने गरेका छन् । धेरै घर परिवार उहाको सेवा बाट लाभान्वित भैसकेका छन् ।

आज दोलखा जिल्ला सैलुङ्ग गाउपालिका वडा नम्बर ८ तमाखु बारी निवासी भुवन शिंह राउत र उनको श्रीमती मनमाया राउत बिरामी भै आफुसग उपचार गर्ने खर्च नभएर काठमाडौ अनामनगरमा अलपत्र परेको थाहा पाउने बितिकै समस्यालाई मध्यनजर गर्दै समाजसेवि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका उप्रेतीले सहयोग तथा उदार गर्नु भएको छ । उप्रेतीकै सहयोगमा राउतको विर अस्पतालमा उपचार भईरहेको छ ।

उप्रतीले दोलखामा गरिबको छानो छाउने देखि लिएर मठ मन्दिर निर्माणको लागि पनि विशेषरुपमा लागि परेका देखिन छन् ।हाम्रो अभिभावक दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा भन्दै दोलखाको युवाहरुले समाजसेवी सोभित उप्रेतीलाई सामाजिक संजालमा धेरैले हार्दिक धन्यवाद समेत लेखिएको छन् ।

हाम्रो शैक्षिक प्रणालीमा यस प्रकारका समाजसेवी भावनालाई प्रोत्साहित गर्ने शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा हुनुपर्छ । हाम्रा असल समाजसेवीहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्न सक्छौं । हाम्रो इतिहासका विभिन्न कालखण्डमा समाज परिवर्तनका महान उद्देश्यप्रतिको चाहना र सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहो¥याइएको छ पटक पटक र यी सबै परिवर्तनको केन्द्रमा समाजसेवीहरुको भूमिका रहेका छन् । तसर्थ, समाजसेवाको भावना शिक्षा, स्वास्थ्य, व्यापार, वाणिज्य, खेलकुद लगायत हरेक मानवीय गतिविधिमा अन्तरनिहित रहनुपर्छ ।