Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सिमान्त र सब्बुको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक (भिडियो सहित)

Sunday, June 18, 2023 National Power

काठमाडौं-सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गर्नुभएका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता/दर्शकको रोजाइमा छन् ।