Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

रेडियोमा बजेको धुनलाई विभिन्न शैलिमा प्रस्तुत गर्दथे, मनोज परियार

Wednesday, June 14, 2023 National Power

काठमाण्डौ– लम्जुङको भोटे ओडारमा जन्मिएका मनोज परियार सानै उमेर देखी गीत संगीत र प्राविधिक क्षेत्रमा लगाव राख्दथे । विषेशगरी तिनताका गाउँमा रेडियोको प्रभाव राम्रै थियो । उनि विग्रिएको रेडियोहरुलाई बनाउने गर्दथे, कसरी बन्थ्यो त्यो उनलाई थाहा छैन तर ठोक ठाक गरेरै भए पनि बज्ने बनाउँथे । उनि रेडियोमा बजेको धुनलाई विभिन्न शैलिमा प्रस्तुत गर्दथे । कहिले बजिरहेको रेडियोलाई खाली माटोको भाँडो भित्र राखेर बजाउने त कहिले धानको भकारी भित्र राखेर बजाउने र ति भाँडा भित्र राखेर बजाएको धुनको भिन्नताबाट मजा लिने उनको बानी थियो ।
गाउँघरमा पनि रोधी बस्ने रत्यौली, विवाह, व्रतवन्ध आदमिा हुने सांगीतिक माहौलले पनि उनलाई संगीतप्रति आकर्षित गरेको पाईन्छ । मादल, ढोलक, रेडियो आदीबाट आउने ध्वनीलाई फरक रुपमा प्रस्तुत गर्ने र त्यसबाट मजा लिने मनोजलाई त्यहिवेला देखी बजिरहेको ध्वनीलाई मिश्रित गरी विभिन्न रुपमा प्रस्तुत गर्ने र ति ध्वनीहरुबाट मनोरन्जन लिने भएकोले पनि मनोजलाई ध्वनी मिश्रण प्रति आकर्षण बढेको हुन सक्छ ।
वि.सं २०६८ सालममा उनी गीत संगीत क्षेत्रमा काम गर्ने उदेश्यले उनि लम्जुङबाट काठमाण्डौ आए र उनको करियरको सुरुवात सोहि समयमा काठमाण्डौ डिजिटल स्टुडियोबाट गरेका हुन । सुरुमा उनले रेकडिष्टिका रुपमा चर्चित रेकर्डिष्टि तथा ध्वनी सम्पादक डिका गुरुङका असिष्टिेन्टका रुपमा काम गर्न थाले र उनले त्यहिबाट ध्वनी मिश्रणको आफ्नो रुचिलाई घनिभुत बनाउन लागे ।
करिव २ वर्षको अथक प्रयास र मेहनत पश्चात उनले आफुलाई ध्वनी सम्पादकका रुपमा स्थापित गराउन सफल भए । उनले ध्वनी सम्पादन गरेको पहिलो गीत थियो, चर्चित गायिका मेलिना राईको स्वरमा रहेको “राग मिठो” बोदलको गीतबाट सुरुवात गरेका थिए । सो गीतले त्यतिवेला राम्रो चर्चा कमाउन सफल भएको थियो ।
“राग मिठो” गीतबाट ध्वनी सम्पादकको रुपमा चर्चा कमाउन थालेका मनोजले हाल सम्म ७ सय भन्दा बढी गीतहरु, आधा दर्जन जति चलचित्र, लघुचलचित्र आदीको ध्वनी सम्पादकको रुपमा काम गरेका छन् । जसमा उनले निर्देशक माधव राज खरेलको चलचित्र चिट्टी उनको पछिल्लो चलचित्र हो ।
उनले ध्वनी सम्पादकको रुपमा काम गरेका चर्चित गीतहरु मध्ये चर्चित गायक कुलेन्द्र वि.क र सुनिता बुढाको जलजला, बसन्त थापा र सक्षिा अधिकारीको जोवन, सनी विश्वकर्मा र देवीका के.सी.को नयाँ गलबन्दी, स्वरुप राज आचार्य र लक्ष्मी मल्लको निर्माया ठुली लगायत चर्चित कलाकारहरुको स्वर रहेको गीत क्रमशः भिर मौरी, सानीमाया, पापाकी परी, ईतिहास, बुझिदेउ, राजारानी, प्राण भन्दा प्यारो, बालुमै, पातली– भाग ३ लगायतका दर्जनौ गीतहरु नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन् ।
उत्कृष्ट ध्वनी सम्पादकका रुपमा नयाँ गलबन्दीबाट “निम अवार्ड–२०७८, बदमास बोलको गीतबाट ज्योती म्युजिक अवार्ड–२०७७, बुझिदेउ बोलको गतिबाट जिनियस म्युजिक अवार्ड–२०७६, विस्तारै विस्तारै बोलको गीतबाट क्वालिटी ईन्टरटेनमेन्ट अवार्ड–२०७८” समेत जित्न सफल भएका छन् ।
मनोजले ध्वनी सम्पादकका रुपमा ब्राण्ड यू पिक्चर तथा तारकेश्वर कला प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका उपराष्ट्रिपति सम्माननिय नन्दबहादुर पुनःको हातबाट “तारकेश्वर राष्ट्रिय ब्यक्तित्व तथा कलकार सर्जक सम्मान– २०७९” वाट विशेष सम्मान प्राप्त गरेका थिए । मनोजलाई विभिन्न कला संस्कृति तथा गीत संगीतसंग सम्वन्धित विभिन्न संघ संस्थाहरुले आयोजना गर्दै आएका कार्यक्रमहरुमा ध्वनी मिश्रणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न शिर्षकमा सम्मान तथा पुरस्कारहरु प्रदान गर्दै आईरहेका छन् । जसमा “हिमालय ईन्टरनेशनल संगीतकर्मी सम्मान, मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान, विराट राष्ट्रिय संगीतकर्मी सम्मान, क्यापिटल अवार्ड संगीतकर्मी सम्मान, सगरमाथा संगीतकर्मि सम्मान लगायत रहेका छन् ।