Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

समिन र डोल्माले पहिरिए ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा, २०२३’ को शिर्ष ताज

Wednesday, June 7, 2023 Devil Singh Rajput

काठमाडौँ — जेष्ठ २४, २०८०।

शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा २०२३’ को फाईनल प्रतिस्पर्धा सम्पन्न भएको छ। द राईजिङ क्रियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको शिर्ष ताज समिन तामाङ (मिस्टरतर्फ) र डोल्मा तामाङ (मिसतर्फ) ले पहिरिएका छन् ।

अन्य प्रतियोगीहरुलाई पछि पार्दै समिन र डोल्माले प्रतियोगिताको शिर्ष उपाधि चुमेका छन् । विजेताद्वयले विभिन्न आकर्षक गिफ्ट ह्याम्परसँगै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न मोडलिङ सम्वद्द क्षेत्रहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरहरु प्राप्त गरेका छन् ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा बिबेक राई र अरिष्मा महर्जन फस्ट रनरअप, करिना गिरी सेकेन्ड रनरअप र कृतिका झा थर्ड रनरअप घोषित भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेका छन् । त्यस्तै कबिता घले अर्गनाईजर चोईस र पुजा तामाङ ब्राण्ड एम्बासडर घोषित भए ।

प्रनिमा दाहालले संचालन गरेको प्रतियोगिताको केरियोग्राफी आर्शु महर्जनले गरेका थिए । प्रतियोगिताको को-अर्डिनेटर उर्गेन घलान र मेन्टर सुमन घलान रहेका थिए।

एसईई दिएर बसेका छात्रछात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आफूले सोचेभन्दा उत्कृष्ट तवरले सम्पन्न भएको र अब लगत्तै ‘टीन एजर’ सम्वद्द अर्को प्रतियोगिता आयोजनाको तयारीमा रहेको आयोजक संस्थाका सिईओ सागर मगरले जनाए ।