Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

संगीतकार जुगल डँगोल र गायिका तेजवति जोशीको नयाँ गीतिसँग्रह ‘मिखाया भाय्’ सार्वजनिक

Tuesday, May 30, 2023 National Power

काठमाडौं –  अग्रज संगीतकार जुगल डँगोल र गायिका तेजवति जोशीको नयाँ गीतिसँग्रह ‘मिखाया भाय्’ श्रोतामाझ आएको छ । नेपाल भाषाको ४ वटा गीत रहेको यो गीतिसँग्रहको सोमबार गणतन्त्र दिवसको अबसर पारेर काठमाडौंमा लोकार्पण गरियो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो गीतिसँग्रहको लोकार्पण गरे । कार्यक्रममा गायिका तेजवतिले चार वटै गीत प्रत्यक्ष गाईन् । सँग्रहको यमाजितः …गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो ।

सँग्रहको चार वटै गीत तेजवतिले गाएकी हुन् । सबै गीतमा जुगल डँगोलको संगीत रहेको छ । ती गीतहरु दर्शनबीर शाक्य, सुरजबीर बज्राचार्य, योगेन्द्र राजकर्णिकार र हरिराम महर्जन ‘ठेंचो’ले लेखेका हुन् । यो गीतिसँग्रहलाई ससुसखा संगीत पाठशालले बजारमा ल्याएको हो । लोकार्पण समारोहमा बोल्दै लतिलपुरका मेयर चिरिवाबुले भने,‘नेवारी कला संस्कृतिमा नेवारी संगीत अहिले पनि उच्च स्थानमा रहेको छ । यस्तै उत्कृष्ट गीतहरु आज तेजवतिको स्वरमा सुन्न पाईयो र सँग्रह बिमोचन गर्न पनि पाईयो ।’

यो सबै गीतका संगीतकार जुगल डँगोलले सँग्रहमा रहेका गीतको संगीत’ बारे प्रकाश पार्दै नेवारी संगीतको परम्परा र शास्त्रीयता सम्बन्धि चर्चा गरे । सँग्रहका गीतलाई लोकसँगै आधुनिक शैलीमा फ्युजन गरेर ल्याएको बताउँदै उनले यी गीत युवा पुस्तामा लोकप्रिय हुने विश्वास व्यक्त गरे । सो लोकार्पण समारोहमा सँगीतकर्मीद्वय भृगुराम श्रेष्ठ र रत्न बहोसी बज्राचार्यलाई सम्मानित गरियो । कार्यक्रममा भृगुरामले युवापुस्ता माझ अहिले पनि नेवारी लोकसंगीतको लोकप्रियता रहेकोमा खुसी व्यक्त गरे ।