Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक

Sunday, May 28, 2023 National Power

काठमाण्डौ गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो ।

विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म त लाहुर बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । विगतमा गरेका २ सोलो एल्बम शीतलु, अराइजु हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि रिलिज गरेका थिए । पोखरेलका दर्शक श्रोताले मन पराएका रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू हुन् ।

उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सङितिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् । उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् । ‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।