Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

पराराष्ट्र मन्त्रि एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्द सम्मानित

Wednesday, April 26, 2023 National Power

काठमाडौं – सञ्चारकर्मी कलाकार तथा समाजसेवी सूर्य चन्द सम्मानित भएका छन् l विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्दलाइ ‘गित/संगीत कला पत्रकारिता सम्मान -२०७९’ बाट सम्मानित गरिएको छ।  उनले भर्खरै मात्र सम्पन्न सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार महोत्सव २०७९/८० को समापन कार्यक्रममा  प्रमुख अतिथि प्रतिनिधिसभाका संसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले संचार क्षेत्रमा योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो।

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ मनोरंजन पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा सधानारत रही देशको भाषा संस्कृति कलाको उत्थानमा सत्य तथ्य सुचनामुलक समाचारहरू प्रवाह गरी नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न सञ्चार गृहमा आबद्ध भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउँदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरूप तथा महत्त्वपूर्ण सेवा भाव लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली सञ्चार क्षेत्रको संरक्षण, सम्बर्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै सञ्चारकर्मी सूर्य चन्दलाई सम्मान प्रदान गरिएको थियो।