Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनद्वारा नेपाली नयाँ बर्ष अप्रिल १६ मा नेपाल डेको आयोजना

Thursday, April 6, 2023 Devil Singh Rajput

माल्टा,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाउने जनाएको छ । नेपाल डे कार्यक्रमको तयारीका लागी माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता प्रकारका अन्य कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने संयोजक प्रकाश भण्डारीले बताए । यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिन भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि संघ,सँस्था,दाजु भाइ तथा दिदिबहिनि हरुलाइ आग्रह गर्दै कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरे । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रमहरु पनि सँस्थाले गर्दै जाने र नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा जोडिई आफ्नो तर्फबाट देशलाई केही योगदान गर्न सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।


भन्डारीले हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गरे । उनले समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न,पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह पनि गरे । अहिले रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिको माया हामि सबैमा रहेकोले नै मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गर्न लागेको बताए । उक्त कार्यक्रमलाइ कुटनितिक पहल गरि सहयोग गर्नु हुने नेपालि राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टा लगायत सम्पुर्ण सहयोगीलाइ हार्दिक आभार ब्यक्त गर्दै सम्पुर्ण नेपालि दाजु भाइ तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिकता सहित नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले बिनम्र अनुरोध गरेको अध्यक्ष भण्डारीले बताए ।
आगामी दिनमा पनि सँस्थाले जन्मभुमिको लागी सहयोग पुग्ने विविध कार्यक्रम गर्ने उपसंयोजक रेम्स खनालले बताए । खनालले आफ्नो अभियान भनेको परदेशमै बसेर पनि देशको लागी केही गर्ने नै रहेको दावी गरे । यस्तै अर्का उपसंयोजक सर्मिला बस्नेतले यो नेपालीहरुको लागी र देशको लागी ठुलो कार्यक्रम भएकाले सबै माल्टावासी नेपालीलाई सहयोग र सहकार्य गर्न आग्रह गरिन ।
सँस्थाका सदस्यसचिव हरि बिश्वकर्माले नेपाल डेको तयारी अन्तिम चरणमा पुगेको जनाउदै कार्यक्रम सभ्य र भब्य हुनेमा आफू ढुक्क रहेको बताए ।

उक्त नेपाल डे सफल पार्न आयोजित भेटघाट कार्यक्रममा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारी,उपसंयोजक रेम्स खनाल,मधु गुरुङ,शर्मिला बस्नेत,सदस्य सचिव हरि बिसी र अर्गनाईजेसनका सदस्यहरु भगवान थापा,लोक पौडेल,राजेन्द्र भन्डारी, शंखर खत्री,अनिश राई,
निरज श्रेस्ठ, जिवन पौडेल,नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको उपस्थिति रहेको थियो ।