Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न 

Wednesday, April 5, 2023 National Power

काभ्रे – जिल्लामा रहेको नाईटिङ्गेल एकेडेमीले एस.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त तथा २०७८ सालमा एसइई उत्तीर्ण विद्यार्थीहरु लाई बिदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

एक भब्य समारोहका बीच बनेपामा एस.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले नाईटिङ्गेल एकेडेमीप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २०७८ सालमा एसइई उत्तीर्ण गरेका बिद्यार्थी लाई बधाई तथा शुभकामना दिदै मायाको चिनो वितरण गरिएको थियो । 

कार्यक्रमको प्रमुख अतिथि शिक्षा विद ज्ञान बहादुर न्यौपाने केसीले दिक्षित भएका विद्यार्थीहरु र एसइई उत्तीर्ण भएका विद्यार्थीहरु लाई मायाको चिनो सहित बिदाइ हुँदा अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।

कार्यक्रममा नाईटिङ्गेल एकेडेमीको सञ्चालक तथा अध्यक्ष रत्नकुश, रंजितकारले एसइई उत्तीर्ण विद्यार्थीहरु र दिक्षान्त विद्यार्थीहरु लाई बधाई तथा शुभकामना दिदै विद्यालयले सख्यालाई भन्दा पनि गुणस्तरीयतालाई जोड दिएको बताउनु भयो । नैतिक शिक्षा प्रदान गर्नु नै आजको चुनौती भएकाले विद्यालयले विद्यार्थिहरुलाई जिवन उपयोगी शिक्षा प्रदान गरेको रंजितकारले बताउनु भयो । 

कार्यक्रममा काभ्रे प्यापसनका अध्यक्ष श्याम भुजेल, शिक्षा विद श्याम प्रसाद भट्टराई, विद्यालयका प्रिन्सिपल उमा बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका वडा नं. १० को वडा अध्यक्ष चन्द्र बहादुर खड्का, वडा नं. १२ का अध्यक्ष राम बहादुर कुँवर, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, सिद्धार्थ एकेडेमीका प्रिन्सिपल गुन्ज प्रसाद लुइँटेल, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व उपाध्यक्ष रमेश न्यौपाने, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक – शिक्षिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नाईटिङ्गेल एकेडेमीमा अध्ययनरत विद्यार्थीले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।