Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

Sunday, March 26, 2023 National Power

भक्तपुर- नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार होटल ग्रीनल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औधोगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजक टिमले जानकारी दिएका छन । यहि चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्दन्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।” औधोगिक शान्ति नेपाल अध्यक्ष सन्दिप महतले जानकारी गराए । महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहित व्याण्डको प्रस्तुतिसंगै मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा आयोजकले जानकारी गराए ।

महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता हुनेछ जसमा एकल र समुहको चरणबद्ध रुपमा छनौट हुने र अन्तिम प्रतिस्पर्धी बीच प्रतिस्पर्धा गराई विजयी घोषणा गरिने जानकारी पनि गराइयो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्नेले क्रमश: ३० हजार, २० हजार, १० हजार नगद सहित ट्रफी, प्रमाण-पत्र, म्युजिक भिडियोमा अभिनय गर्ने मौकासंगै प्रोफेश्नल फोटोसुट लगायतका पुरस्कारको व्यवस्था गरिएको संयोजक सुमन कुमार श्रेष्ठ र ईन्द्र विसुन्केले संयुक्त रुपमा जानकारी गराए । प्रतियोगिताको फारमका लागि सल्लाघारी महोत्सब स्थलमा सम्पर्क गर्न सकिने आयोजक टिमले जानकारी गराए । महोत्सवको प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्, थापाले भने । बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमकबो टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।