Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको अध्यक्षमा पत्रकार ढकाल चयन

Sunday, March 26, 2023 National Power

बनेपा – काभ्रेको पनौतीमा स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको आज चौथौं वार्षिक साधारणसभा बनेपामा एक कार्यक्रमको साथ सम्पन्न भएको छ ।

क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाले बर्ष २३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा काभ्रेका पत्रकार, लायन रामप्रसाद ढकाल अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा लायन बिपशना शाक्य, सचिवमा लायन नवराज अधिकारी, कोषाध्यक्षमा कमल प्रसाद कुईंकेल, एलसीआइएफ कोअर्डिनेटरमा डायमण्ड थापा, मेम्बर चियरपर्सनमा एमजेएफ लायन पुष्प लाल तामाङ, सह-सचिवमा लायन लक्ष्मी मोक्तान तामाङ, क्लब एडमिनिस्ट्रेटरमा लायन रचना मोक्तान तामाङ, सर्भिस चियरपर्सनमा एमजेएफ लायन प्रतिक्षा दोङ चयन हुनुभएका छन् ।

कार्यक्रमा क्लबका २२/२३ अध्यक्ष डायमण्ड थापाको सभापतित्वमा सम्पन्न भएको थियो । सोही अवसरमा पनौती स्थित श्री प्राणनाथ माइती वृद्धा आश्रममा करिब ४३ जना आमा बुबाहरुका लागि नगद सहिद ३ बोरा चामल, ५० किलो चिनी, १ बाकस तेल, १० किलो दाल, ५ पाकेट नुन र १ पाकेट आटाको पिठो वितरण गरिएको थियो ।