Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई

Wednesday, March 22, 2023 Devil Singh Rajput

काठमाडौं। एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड एम्बासडर र मेघा बिष्टले व्युटि विथ ब्रेनको उपाधी जित्न सफल रहे ।

आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रब्रित्ती, नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठ ( रो बेन) ले बताए ।

सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफीमा भएको प्रतियोगितामा अनिश श्रेष्ठले फोटोग्राफी र रोजिन शाक्यले प्रोग्राम होस्ट गरेका थिए । कार्यक्रममा दिक्पाल कार्की, बिना श्रेष्ठ, दिपक घिमिरे, इरिना श्रेष्ठ, हटि नटि श्रेष्ठ र अन्जिता कार्की प्रसाईले जर्जको भूमिका निभाएका थिए ।

कार्यक्रम सिंगापुर बेभरेज नेपाल, फ्रुट जेम्स जुस यो बोबा, बबल टि किटको प्रायोजनमा भएको थियो ।