Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित

Sunday, March 19, 2023 National Power

काभ्रेपलान्चोक – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेपलान्चोकको छैटौं जिल्ला भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्र स्थाई समिती सदस्य यवम मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा काभ्रे जिल्ला बाट निर्वाचित हुनुहुने सुर्यमान दोङ, मिना तामाङ, रुकु चौलागाईं र रत्न ढकाल लाई सम्मान गरिएको थियो।कार्यक्रमले राजन अधिकारी लाई अध्यक्षमा रामगोपाल भुजेल, जय केसी, गिता खुलाल लाई उपाध्यक्षमा, दिल बहादुर भुजेल सचीवमा, नारायण फुयाल सह-सचिब र सीता अधिकारी लाई कोषाध्यक्ष सहित ३५ सदस्यीय समिति निर्बिरोध चयन भएका छन।