Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

Friday, March 17, 2023 National Power

काठमाण्डौ -गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ विहिबार पत्रकारसम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ।
‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए। समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु।’ गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।
अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन्।कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्यसमस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गर्नुभएको छ।