Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

रक्षा घिमिरेको पहलमा बाल आश्रममा निशुल्क स्वास्थ्य शिविर

Friday, March 17, 2023 National Power

कृष्ण रसाइली साथ सहयोग समर्थन नेपालले आफ्नो बार्सिक उत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकामा अवस्थित एक बाल आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

“सयौं पाइला एउटै चाल, दु:खको साथी साथ सहयोग समर्थन नेपाल” भन्ने मुलभुत उद्देश्य र अभिभाराका साथ लामो समय देखि लोककल्याणकारी सामाजिक कामहरुमा सक्रिय हुँदै आइरहेको संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा २०७९, फागुन २७ गतेको शनिबारको दिन गोकणेश्वेर नगरपालिका वडा न. ०८ मा अवस्थित बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेसन ,स्वेफ नेपाल बाल आश्रमको परिसरमा बिहान ९ बजे देखि करिब दिउँसो १२ बजे सम्म शिविर संचालन गरेको थियो। जनरल फिजिसियन डा. पलक शाहको नेतृत्वको मेडिकल टिमले बाल आश्रममा रहेका करिब ३० जना बालबालिकाहरुको जनरल मेडिकल हेल्थ र डेण्टल चेकअप गरी केही देखा परेका जटिल मेडिकल समस्याहरुलाई थप उपचारको लागि अस्पताल रिफर गरिएको र मेडिकल टिममा डा.शाह सङ्गै जनरल फिजिसियन डाक्टरहरु सृजना कटवाल, एलिसा अधिकारी र डेन्डल फिजिसियन डाक्टरहरु शाक्षि शर्मा तिवारी, आयुश कोइराला साथै नर्स कोमल गुप्ता लगाएतले आफ्नो अमुल्य समय दिई शिविरलाई सप्पन्न गर्न योगदान दिनु भएको कुरालाई दर्साउदै कार्यक्रम संयोजक दोय संस्थाकि अध्यक्ष रक्षा घिमिरे र कोषाध्यक्ष पुजा रानाले मेडिकल टिमलाई बिशेष धन्यवादका साथै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई कृतज्ञता र प्रशंसा पत्र पनि बितरण गरिएको जानकारी दिए।

२०७२ सालमा स्थापना भएको उक्त बाल आश्रमकाकि संस्थापक अध्यक्ष यसोदा कट्वाल र ब्यवस्थापक तथा संचालक सम्रान्त थापाले आश्रमले स्थापना काल देखि नै सयौं अनाथ बालबालिकाहरुको उद्दार, रेखदेख र शिक्षा दिक्षाको लागि अहोरात्र खटिरहेको कुरालाई अवगत गराउदै सहयोगी मनहरुको लागि बाल आश्रमको ढोका सदैब खुल्ला रहनेकुरालाई पनि इन्कित गरेका छ्न।साथै सा स स नेपाल काे पहलमा रहेका ति अनाथ असाहय बालबालिकालाई चाहिने औषधि र खाद्यान्नकाे ब्यवस्थापन संस्थाका पदाधिकारिहरुकाे पहलमा बितरण गरिएको थियाे। दिव्य न्युज बाट