Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

पावर न्युजका संचालक काभ्रेका गौतम काठमाडौंमा सम्मानित

Monday, March 13, 2023 National Power

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । काठमाडौंमा आयोजित दशौ म्युजिक खबर म्युजिक अवार्डको मनोनयनमा परेकाहरु लाई प्रमाणपत्र वितरण कार्यक्रममा गौतमलाई म्युजिक खबर पत्रकारिता सम्मान प्रदान गरिएको छ । राजनीति, कला, साहित्य तथा रङ्ग पत्रकारितामा निरन्तर रुपमा सक्रिय रहि नेपाली कला संस्कृति एवम् साहित्यको क्षेत्रमा दिएको योगदानको कदर गर्दै उपप्रधान तथा उर्जा जलस्रोत तथा सिंचाइ पुर्व मन्त्री माननीय राजेन्द्र लिङ्देनको हात बाट सम्मानित भएका छन् ।

काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा एक सुपरिचित नाम हो भन्दा फरक नपर्ला, पछिल्लो समय पत्रकारिता क्षेत्रमा उनलको सक्रियता निकै बढेको छ । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् ।

नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह-सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् ।

उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । २०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय श्री पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गर्नु भएको थियो ।

त्यस्तै २०७६ सालमा सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्डमा पत्रकारिता सम्मान, एपिक नेपाल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयनमा परेका गितहरु लाई प्रमाणपत्र वितरण समारोह तथा हाम्रो साझा हिमाल बोलको गित अनावरणको विशेष समारोहमा युवा पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने नेशनल इन्टरटेनमेन्ट अवार्डमा मोफसल पत्रकारिता सम्मानको साथै भर्खरै सम्पन्न कर्पोरेट अनर अवार्ड २०२२ मा पत्रकारिता सम्मान प्राप्त गरेका थिए ।

गौतमले यो लगायत थुप्रै संघ संस्था बाट पत्रकारिता सम्मान प्राप्त गरिसकेका छन् । उनले पछिल्लो समय विभिन्न ठाउँमा गएर नेपालको कला संस्कृति रितिरिवाज जातजाति धार्मिक लगायत बिषयहरुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माणको साथै निर्देशन र कार्यक्रम संयोजक भएर काम गरिरहेका छन् ।