Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

कन्हैयाको ‘अचानक’ गजलको मिलियन प्लस भ्युज भएपछि केक काटेर सेलिब्रेसन

Wednesday, March 8, 2023 National Power


काठमाडौं- दुई हप्तामा मिलियन प्लस भ्युज भएपछि गजल ‘अचानक’को सेलिब्रेसन गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा केक काटेर सेलिब्रेसन गरिएको हो । नेपाली संगीतप्रेमी श्रोता/दर्शकलाई दिलैदेखि धन्यवाद प्रकट गर्न सेलिब्रेसन गरिएको गायक कन्हैया सिंहले बताउनुभयो ।

सञ्चारकर्मी हेम सुवेदी, निर्देशक गम्भीर विष्ट, नायक गजित विष्ट, सञ्चारकर्मी/निर्देशक माधव खरेल, सञ्चारकर्मी/गीतकार गीता अधिकारीलगायतको उपस्थितिमा ‘अचानक’ गजलको सेलिब्रेसन गरिएको थियो । गायक कन्हैया सिंह परियारको स्वर, डा.कृष्णहरि बरालका शब्द रहेको यो गजलले दुई हप्ताको अवधिमा मिलियन प्लस श्रोता/दर्शकको माया पाउन सफल भएको सुखद् उपलक्ष्यमा धन्यवाद ज्ञापन गर्दै केक काटेर सेलिब्रेसन गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाका अध्यक्षसमेत रहनुभएका गायक कन्हैया सिंह परियार प्रविधिको सहयोगमा जोडिनुभएको थियो । गजललाई श्रोता/दर्शकको मायाले आफू खुशी भएको संगीतकार सन्तोष श्रेष्ठले बताउनुभएको थियो भने गायक सिंहले आफ्नो ३० वर्षको सांगीतिक यात्रामा पहिलोपटक गाएको गजल लोकप्रियताको शिखर उक्लिरहेकोमा यो क्षणलाई महत्वपूर्ण रूपमा हेरेको जनाउनुभयो । गजलमा राजु कार्की एरेञ्ज, कमल थापा रेकर्डिष्ट, श्यामश्वेत रसाइली मिक्सिङ एवं मास्टरिङ छ । भिडियोमा गजित विष्ट र अञ्जलि अधिकारीको अभिनय, बुद्ध थापाको छायांकन, सुबोल थापाको नृत्य निर्देशन, नवीन निरौलाको सम्पादन र गम्भीर विष्टको निर्देशन छ ।