Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अमेरिकामा भाषिक चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदर्शन

Monday, February 27, 2023 National Power

अमेरिका –  किरात याक्थुंङ् चुम्लुंङ् टेक्सासको आयोजनामा यही फेब्रुवरी २३ विहिवार २०२३ का दिन टेक्सासको डालस स्थित लिफ करि एण्ड रेस्टुरेन्ट वारको शभा हलमा बिशेष प्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ । मनि ताम्लिंङ्को प्रस्तुति रहेको चलचित्र सिक्किमका साहित्यकार देउमान होन्दोक लिम्बुको उपन्यासमा आधारित रहेको छ । जसको पटकथा संवाद र अनुवाद सागर केरुंङले गरेका हुनु भने निर्माण मनि ताम्लिंङ् र विराज लिम्बुले गरेका हुन ।

सम्पुर्ण छायांकन सिक्किममा गरिएको यस चलचित्रलाई अहिलेसम्म जतिपनि स्थानमा प्रदर्शन गरियो सर्वाधिक दर्शकले मनपराई दिनुभएको कुरा निर्देशक किशोर सुब्बा बताउनु भयो । हालै टेक्सासमा प्रदर्शन हुँदा पनि जतिपनि दर्शकले फिल्म हेर्नु भो सबैले राम्रो प्रतिक्रिया दिईएको उहाँले जानकारी गराउनु भयो ।

प्रदर्शनमा संयोजक कृष्ण जंग लिम्बुको विशेष योगदान रहेको थियो भने किरात याक्थुंङ् चुम्लुंङ टेक्सासका अध्यक्ष तोङ्सा योङ्या लिम्बु, सेरि ताम्लिंङ् सेनिहांङ्, दिल सेनिहांङ्, चर्चित नेपाली सिनेमा वगर र भेडिगोठका नायक, निर्माता नरेन्द्र सेन्दांङ्, त्यस्तै चर्चित लिम्बु चलचित्रका नायक आशिष लिंङ्देन, दुर्गा जवेगु लगायत कियाचु टेक्सास परिवारका सदस्यहरु र डालस वरिपरिका सवै लिम्बु तथा गैर लिम्बुहरुको अथक प्रयास र लिम्बु चलचित्र र कलासंस्कृति प्रतिको सकारात्मक सहयोगले नै व्यापक रुपमा सफल प्रदर्शन सम्भव भएको हो ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छ । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्मका निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् । विभिन्न कार्यक्रम सहित ‘थेत्लङ’ प्रदर्शन गरिएको कार्यक्रममा निर्देशक किशोर सुब्बालाई कियाचु टेक्सासका अध्यक्षबाट सम्मान गरिएको थियो । निर्देशक सुब्बालाई किरात याक्थुङ् चुम्लुङ् न्युयोर्क, किरात याक्थुंङ चुम्लुङ टेक्सासवाट सम्मान गरिसकिएको छ भने गत साल आदिवासी चलचित्र महोत्सवको मुख्य निर्णायकको भुमिका निभाए वापत आदावासी जनजाती महासंघ अमेरिकाबाट पनि सम्मान गरि सकिएको छ । निर्देशक सुब्बा अहिलेसम्म लिम्बू भाषाको सबै भन्दा बढि चलचित्र निर्देशन गर्ने निर्देशकमा पर्दछन् ।

उहाँद्वारा निर्देशित लिम्बु चलचित्रहरुमाः ‘तुम्दंङ’, ‘शाक्थिम’, ‘एउटा कथा’, ‘लाजेरेन् थोक्ला’, ‘अम्लारीफूंङ’, ‘हेल्लुक्वा’, ‘साम्’, ‘थेत्लंङ्’ आदि रहको छन् । निकट भविष्य पुनः लिम्बु चलचित्र निर्माण गर्ने योजनामा रहेका निर्देशक सुब्बाको ‘थेत्लंङ्’ भन्दा पहिला ‘आनि शाक्थिम’ पनि धेरै प्रदर्शन भएको लिम्बु चलचित्र हो । निर्देशक सुब्बाले नेपाली, थारु, जोंङ्खा भाषाको सानो ठुलो गरेर करिव ४० वटा चलचित्र निर्देशन गरिसकेका छन् भने हाल न्युयोर्कबाट ‘हेल्लो अमेरिका’ प्रोग्राम संचालन गरिरहेका छन् ।