Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

रिहा भए पल शाह

Monday, February 27, 2023 National Power

काठमाडौँ-अभिनेता पल शाह रिहा भएका छन्। नाबालिक बलात्कारको आरोप लागेपछि गत बर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह ठिक एक बर्षमा आज तनहुँ कारागारबाट रिहा भएका हुन्।

उनको रिहाईको क्रममा परिवारका सदस्यहरु, साथीभाई तथा समर्थक उपस्थित भएका थिए। शाहको समर्थनमा नाराबाजी चलेको थियो। रिहाई भएपछि शाहले दुखको समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे। आइतबार उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको थियो। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेपछि उनि कारागार चलान भएका थिए। त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।