Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गायक तथा संगीतकार कन्हैयासिंह परियारको “अचानक” सार्वजनिक (भिडियो सहित)

Friday, February 17, 2023 National Power

काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियार को स्वरमा तयार भएको गजल अचानक सार्वजनिक गरिएको छ । नेपाली चलचित्र आधुनिक लोक संगीत देखी विभिन्न विधाका गीतहरुमा सुमधुर गायकिले स्रोतालाई मन्त्रमुग्ध बनाउदै आएका परियार झण्डै तिन दशक देखी मनोरन्जनको दुनियमा क्रियसील छन् । पहिलो पटक गजलको दुनियामा आफ्नो उपस्थिती जनाउदै बिहिबार मैतीदेवी, काठमाडौंस्थित डोरी रेष्टुराँमा आयोजित भव्य सांगीतिक समारोहमा गजल ‘अचानक’ को म्युजिक भिडियोको प्रिमियर गरिएको छ ।

वरिष्ठ गीतकार डा.कृष्ण हरि बरालका शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको उक्त गजल सार्वजनिक भएपछि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजलका शब्द, संगीत संयोजन र गायकीको वयान गरेका थिए । समारोहमा गीतकार डा.बराल तथा संगीतकार श्रेष्ठले पनि गायक परियारको गायकीको वर्णन गर्दै यो गजल अचानक कसरी तयार भयो भन्ने बारेमा आफ्ना धारणा व्यक्त गरे ।

गायक परियारले भने गजलको बोल अचानक भए पनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् । सञ्चारकर्मीहरुको बाक्लो उपस्थितिमा प्रीमियर गरिएको उक्त गजलको भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री अञ्जली अधिकारीले अभिनय तथा नृत्य गरेका छन् । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् ।

गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।