Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गोरखाको चुम उपत्यकामा आगामी वैशाख ६ देखी ९ गतेसम्म अहिंसा शताब्दी महोत्सव हुने

Sunday, February 12, 2023 Devil Singh Rajput

२९ माघ, काठमाडौं । गोरखाको चुम उपत्यकामा आगामी वैशाख ६ देखी ९ गतेसम्म अहिंसा शताब्दी महोत्सव हुने भएको छ । आईतबार भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलन गरि श्याग्या शताब्दी महोत्सव मूल आयोजक समितिले चुम अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा महोत्सव गर्न लागिएको जानकारी गराएको हो । महोत्सव चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा आयोजना हुने बताईएको छ ।

सो अवसरमा श्याग्या शताब्दी महोत्सव मूल आयोजक समितिका अध्यक्ष निमा लामाले महोत्सव बारे जानकारी दिनेक्रममा वि.स. १९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएको र त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम रहेको स्मरण गर्नुहुँदै चुमलाई अहिंसा क्षेत्रको रुपमा राज्यस्तरबाट विधिवत रुपमा घोषणा गर्ने अभियानलाई सार्थक पार्न चुमबासी सकृय रहदै आएको जानकारी दिनुभयो । ्अहिंसा क्षेत्र घोषणा भएको २०७७ सालमा नै १०० वर्ष पूरा भइसकेको छ । तर कोराना महामारीका कारण पर्यटकहरु पुग्न कठिनाइ हुने भएकाले अनुकुल समय पर्खिँदा पर्खिदा २०८० को वैशाखमा गर्न लागिएको हो  उहाँले महोत्सव बारे जानकारी दिदै भन्नुभयो ।

अध्यक्ष  लामाले महोत्सव आयोजनाको उदेश्य अहिंसा चुम क्षेत्रको चिनारी, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने रहेको बताउनु हुँदै भन्नुभयो  यस महोत्सवले हामी सम्पूर्ण चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा हामीहरुको सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विश्वस्त छौं’  ।

वैशाख ६ गते सुरु हुने शताब्दी श्याग्या महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको छ । पहिलो दिन उद्घाटन, प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्री र चुमबासीले हस्ताक्षरमार्फत प्रतिवद्धता जनाउने कार्यक्रम छ ।

‘हामीले १०० वर्षदेखि निरन्तरता दिएको अहिंसा अभियानमा सरकार प्रमुखको पनि प्रतिवद्धता खोजेका हौं,  ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवका अवसरमा यहाँ सकेसम्म धेरै वृक्षरोपण गर्नेछौं अध्यक्ष लामाले भने ।

८ गते अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरुको छलफल गोष्ठी आयोजना गरिएको छ । ‘अहिंसा क्षेत्रलाई निरन्तरता दिन पुस्तान्तरण आवश्यक छ, त्यसैले नयाँ पुस्तामा पनि यसबारे छलफल हुनुपर्छ’ अध्यक्ष लामाले भने । महोत्सवमा परम्परागत खेलकुदको प्रतियोगिता घोडेजात्रा कार्यक्रम पनि राखिएको छ ।


१०० वर्षभन्दा पहिलेदेखि हिंंसा नगर्ने नीतिलाई निरन्तरता दिइरहेका चुमबासीलेले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने प्रतिवद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्नेमा प्रतिवद्ध छन् ।

यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्दैनन् । चुमभ्याली घुम्न जाने विदेशी पर्यटकले पनि मासु खाँदैनन्, यहाँका सबै होटलहरु शाकाहारी छन् ।

शताब्दी श्याग्या महोत्सव आयोजक समितिका अध्यक्ष लामाले कुनै निश्चित भूगोल नै अहिंसा क्षेत्र तोकिएको अन्यत्र थाहा नपाएको बताए । ‘कुनै धार्मिक स्थल वरपर हिंसा नगर्ने भनिएको सक्छ, तर चार किल्ला तोकेको भूक्षेत्र नै अहिंसा क्षेत्र घोषणा गरिएको अन्त छैन’, आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो ठाउँ वुद्ध दर्शन र जैविक विविधताको खुला संग्रहालय नै हो ।’

अहिंसा क्षेत्रलाई स्थानीय वासिन्दाले विभिन्न मितिमा पुन अनुमोदन गर्दै आएका छन् । १९७७ पछि १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । २०६५ सालमा छेकम्पार गाउँ परिषदले अहिंसा क्षेत्रको चार किल्ला घोषणा ग¥यो भने २०६६ सालमा पहिलो चुम श्याग्या ९अहिंसा० महोत्सव आयोजना गरिएको थियो ।

त्यस्तै २०६९ मा चुम्चेत ९चुम उपत्यकाको तल्लो क्षेत्र० लाई पनि अहिंसा क्षेत्र घोषणा गरियो । २०६९ को वैशाख १४ देखि १५ गतेसम्म चुम उपत्यका साँस्कृतिक श्याग्या महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अहिंसाप्रति सरकाराका तर्फबाट प्रतिवद्धता जनाएका थिए ।

चुम महोत्सव आयोजनाका लागि १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिईयो। महोत्सवमा धेरै सहभागी भएर होटलमा बास नपुगे स्थानीयको घरमा बसोबास गराउने आयोजकको योजना छ । ‘सकेसम्म होटलमा राख्छौं, होटलमा नअटेमा घरघरमा राख्नेछौं’ पाहुनाहरुको सत्कारमा कमी हुन दिन्नौं’, अध्यक्ष लामाले भने ।

नेपाल पर्यटन  बोर्डका निर्देशक मणिराज लामिछानेले सय बर्ष अघिदेखी अहिंसा क्षेत्र घोषणा गर्ने अभियान लिएर अघि बढेको त्यस क्षेत्र प्राकृतिक र सांस्कृतिक रुपमा  सम्पन्न रहेको पर्यटकिय संभावना बोकेको स्थान भएको बताए।

महोत्सवको सह आयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, आदिबासी जनजाती अनुसन्धान तथा विकास केन्द्र ९सिप्रेड०, डब्लु डब्लु एफ नेपाल, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश रहेका छन् ।

चुम उपत्यका
चुम उपत्यका पुग्न काठमाडौंबाट स्थलमार्ग भएर ४ दिन जसो लाग्छ । २ दिन गाडीमा र २ दिन हिँडेर पुग्न सकिन्छ । हेलिकप्टरबाट जाँदा काठमाडौंबाट ३५ मिनेटमा पुगिन्छ । हेलिकप्टर रिजर्भको भाडा करिब ३ लाख रुपैयाँ पर्छ ।

चुम उपत्यकामा हरेक वर्ष करिब १५ सय विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि पछिल्लो समय बढ्दै गएका छन्, तर स्वदेशी पर्यटकको तथ्यांक राखिएको छैन । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले यहाँ होटलहरुको राम्रो सुविधा छ । चीनसँग सीमा जोडिएको गोरखाको साविकका छेकम्पार र चुम्चेत गाविस ९हाल चुमनुब्री गाउँपालिका ७ र ६० चुम उपत्यका  मनास्लु हिमालको काखमा छ । चारैतिरबाट हिमालले घेरिएर रहेको चुम क्षेत्र संसारभर प्रख्यात छ । विश्वमा हिमाल धेरै भए पनि मनास्लु हिमाल अन्तरराष्ट्रिय  रुपमै भिन्न बिशेषता बोकेको हिमाल रहेको छ ।