Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग, अन्य चलचित्रकर्मीद्वारा पनि आर्थिक सहयोग प्रदान

Wednesday, January 18, 2023 National Power

काठमाडौँ-प्रसिद्द नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदितनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार प्रदान गर्नुभएको छ । आफ्नो कार्यक्रमको शिलशिलामा नेपाल आएको बखत पारी गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गर्नुभएको हो।
झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार कोषमा प्रदान गर्नुभएको छ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ बर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बशुन्धरा भुषालले बताउनुभयो । यसको लक्ष्य १० करोडको रहेको उहाँले जानकारी दिनुभयो ।
मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपा श्री निरौला र गीता नेपालको उपस्थिती थियो । साथै, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राई सहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्दे लगायत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा कोषकी संयोजक भुषालले झा दम्पती सहित नेपाली चलचित्रकर्मीहरुले प्रदान गरेको रकम लाखमा भएपनि यसले करोडौँको मुल्य राख्ने बताउनुभयो । उहाँले सामुहिक हितको लागि कोषको प्रयोग हुँदै आईरहेको बताउँदै यस प्रकारका सहयोगले नै कोषको लक्ष्य पुरा हुने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आफुले नेपाली चलचित्रका गीतहरुबाट नै उचाई प्राप्त गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै आफु नतमस्तक भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा राखेको बताउनुभयो ।