Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कति पटक अध्यक्ष बन्न पाईन्छ ? के भन्छ विधान ले ??

Sunday, January 15, 2023 National Power

काठमाण्डौ- नेपाल चलचित्र कलाकार संघको चुनाव संघारमै रहेको छ, आगामी चैत्र ४ गतेकाका लागी संघले चुनावी मिति समेत घोषणा गरिसकेको छ भने चुनावी मैदानमा कलाकार मोहन निरौला, रविन्द्र खड्का, रेजिना उप्रेती, सविन श्रेष्ठ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरु देखिएका छन् । रविन्द्र खड्का यस अघि दुई पटक अध्यक्ष भैसकेका छन् भने अन्य कलाकारहरु पहिलो पटक अध्यक्षका लागी चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाल चलचित्र कलाकार संघको विधान २०५६ को प्रस्तावनामा नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न मितिहरुमा आपसि छलफल गरी एउटै मात्र सर्वाधिकार सम्पन्न पेशागत संगठन निर्माण भएको थियो । २०५६ सालमा सर्वाधिकार सम्पन्न नेपाल चलचित्र कलाकार संघको रुपमा स्थापना भएपस्चात सो संघमा विभिन्न व्यक्तितवहरु अध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही अनुरुप २०७६ सालमा भएको निर्वाचनमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्का दोश्रो कार्यकालको लागी अध्यक्ष पदमा विजय भएका थिए यस अघि २०४९ सालमा पनि खड्का संघको अध्यक्ष भई कार्य गरेका छन् ।

२०५६ सालकै विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २४ को ६ अनुसार कुनै पनि सदस्य दुई पटक वा दुई भन्दा बढी पदावधीका लागी अध्यक्ष हुन पाउने छैन भनि उल्लेख भएको छ । यसरी नेपाल चलचित्र कलाकार संघ २०४९ र नेपाल राष्ट्रिय कलाकार संघ २०५४ विच विभिन्न चरणमा भएको सहमती बमोजिम २०५६ मा दुवै संघका विधानलाई निस्क्रिय नगराई संशोधन मात्र गरेकाले पनि ती दुवै विधानहरु नेपाल चलचित्र कलाकार संघ २०५६ ले अंगीकार गरेको देखिएकाले पनि कलाकार रविन्द्र खड्काले संघको विधान बमोजिम दुई कार्यकाल काम गरिसकेको देखिन्छ । यदी विधानलाई मान्ने हो भने खड्काले आसन्न निर्वाचनमा आफुलाई नेपाल चलचित्र कलकार संघको अध्यक्षको रुपमा दावी प्रस्तुत गर्न नपाउने अवस्थामा देखिएका छन् ।

यदि रविन्द् खड्काले अध्यक्षको रुपमा दावेदारी प्रस्तुत गर्न नपाएको खण्डमा संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती र उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौला विच रोचक प्रतिष्प्रधा हुने देखिन्छ । स्थापना काल देखी नै संघको विभिन्न तहतप्कामा रहँदै आएका निरौला विभिन्न संघसंस्थामा काम गरेका अनुभवी व्यक्तिका रुपमा कलाकर्मीहरुका विचमा परिचित छन् भने उप्रेती एक कार्यकाल कलाकार संघको वरिष्ठ उपध्यक्षको रुपमा कार्यानुभव संगालेकी छन् । अभिनेता सविन श्रेष्ठ र सुसान्त श्रेष्ठको दावेदारीलाई पनि चलचित्र वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
साथै नेपाल चलचित्र कलकार संघको विधानको परिच्छेद ८ को निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २७ को १ घ बमोजिम संघको अध्यक्षका रुपमा उम्मेदवार बन्नका लागी कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्यका रुपमा कार्य गरेको हुनु पर्ने छ ।