Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुँदै

Saturday, December 3, 2022 National Power

काठमाण्डौ – चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुने भएको छ । मंसिर २२ गतेदेखि २४ गतेसम्म हुने महोत्सवमा नेपालसंगै भारत, इरान, संयुक्त राज्य अमेरिका, चीन, टर्की, बंगलादेश, क्यानडा, ब्राजिल, ट्युनेसिया, श्रीलंका, पोल्याण्ड, फिलिपिन्स, लाटिभा, जर्मनी, अर्मेनिया, बेलायत, जापान, इटाली, फ्रान्स, ग्रीस, लेभना, नेदरल्याण्ड, क्यामरुन, कम्बोडिया, बेल्जियम, युएइ, साउथ अफ्रिका, हंकङ, इजिप्ट लगायतका देशका ख्यातीप्राप्त चलचित्रकर्मी सामेल हुनेछन् ।

तीन दिन सम्म हुने महोत्सवमा नेपालका ३४ वटा नेपाली र सहभागी राष्ट्रका ७२ वटा गरी १०६ वटा चलचित्र प्रर्दशन गरीने छ । साथै उत्कृष्ट ३० विधाका चलचित्रलाई सम्मानित पनि गरीने छ । काठमाडौंको राइजिङ महलस्थित क्यु एस हलमा उत्घाटन समारोह हुनेछ । आयोजक संस्थाका निर्देशक सन्तोष सुवेदीले जानकारी दिए । उनका अनुसार फिचर फिल्म, डकुमेन्ट्री फिल्म, सर्ट फिल्म, चिल्ड्रेन फिल्म, इन्भारन्मेन्टल फिल्म, वुमेन फिल्म, हुमन राइट फिल्मस् प्रदर्शन हुनेछ ।