Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

Monday, November 28, 2022 National Power

काठमाण्डौ – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाले अमेरिकामा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारिता लगायत विभिन्न क्षेत्र बिशेष योगदान पुर्‍याउने आधा दर्जन भन्दा ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । गत नोभेम्बर २६ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास अमेरिकाद्वारा आयोजित इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक साँझ २०२२ नामक कार्यक्रममा सम्मान गरेको हो । कला र कलाकारको सारथी इनास नारा सहित स्थापित इनास ७० वटा भन्दा ज्यादा देशमा विस्तार भएको संस्थाले आयोजना गरेको कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त ,सामाजिक अभियन्ता डा. श्याम कार्की ,डा. बिष्णुमाया परियार ,खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र बिजय थापा रहेका थिए ।

सम्मानित हुनेहरु मध्ये उपन्यासकार रसाहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास )को संस्थापक होमनाथ सुबेदी तथा अमेरिकामा ५० बर्ष अगाडी देखि बस्दै आउनु भएका नेपाली तथा अमेरिकी बिभिन्न संघर संस्थामा समेत आबद्ध भै सेवा गरी नेतृत्व लिई सक्नु भएका डा श्याम कार्कीलाई पनि सम्मान गरिएको छ ।

यसै गरि दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउने नेपालको पूर्व उशु खेलको राष्ट्रिय खेलाडी तथा सामाजिक अभियन्ता बिना खड्का लामा तथा न्यूयोर्कमा बस्दै आउनु भएकी चर्चित गायिका सपना श्री पनि सम्मानित भएका छन् । समाजसेवी तथा बाना कि पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्तलाई पनि बिशेष सम्मान गरिएको छ । चर्चित चलचित्र लक्का जवानको निर्मात्री तथा बिदेशी भूमिमा रहेर पनि नेपाली चलचित्रको क्षेत्रलाई माथि उठाउन अनसुयाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।

यसैगरि न्यू जर्सीकी डा. बिष्णुमाया परियारलाई पनि सम्मान गरिएको छ । उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै सकेकी छिन । डा. विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको पाठ्यक्रम प्रकाशकको पुस्तकमा समेत समावेश गरि सकेको छ । डा. परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध पहुँच ९आउटरिज० संयोजक रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी नगर प्रमुखका सल्लाहकार समितिमा रहेर समेत काम गरेकी छिन ।

हाल उनी जर्सी सिटी-शहरको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भै सकेकी डा। परियारकोलाई विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

यसरी नै समुदायका हरेक गतिविधि, अमेरिकी मूलधार र विश्व समाचारलाई समेत समेट्दै समुदायलाई सु-सूचित गर्दै अहोरात्र खटने र समुदायमा योगदान पुर्याउने ईनेप्लिजका दाजुभाई पत्रकारद्वय विश्वराज थापा र बिजय थापालाई सम्मान गरिएको छ । जस्तो सुकै विषम परिस्थितीलाई पनि सहजतापूर्बक लिदै समाजका हरेक गतिबिधिमा उपस्थित हुने र प्रचार प्रसारमा खटिने इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापा र सम्पादक बिजय थापालाई निस्वार्थ र निसर्त योगदान पुर्याए वापत सम्मान गरिएको हो ।

”अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन” भन्ने मूल नाराका साथ कलाकारहरुको अन्तरराष्ट्रिय सन्जाल इनासले ”इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम” अत्यन्तै व्यावसायिक ,स्तरीय र भब्य र सभ्यका साथ सम्पन्न गरेको छ । यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राई तथा थुप्रै संगीत भिडियोमा अभिनय गरेका बालकलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिएको थियो । परिजिता बास्तोला प्रतिस्प्रद्धामा भएकोले उनका पिता पंकज बास्तोलाले छोरीको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए ।

प्रमुख अतिथि सावु गदाल कार्कीले सम्मानित हुने सबैलाई सम्मान पत्र वितरण गरेकी थिइन् भने सम्मानित भए पछि छोटो मन्तब्य समेत राखेकी थिइन् । साथै सम्मान कार्यक्रममा दोसल्ला ,रुद्राक्षको माला र ताम्रपत्र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ,इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार लगायत टोलि ,केन्टकी इनासका अध्यक्ष अर्जुन थापा बानाका अध्यक्ष सुबोध पन्त लगायत विभिन्न समाजसेवीहरुले सयुक्त रुपमा प्रदान गरेका थिए । सम्मानित हुने व्यक्तित्वहरुको सानो परिचय र उनीहरुको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रियगानबाट प्रारम्भ गरिएको थियो भने प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले कार्यक्रम उदघाटन गरेकी थिइन् । कार्यक्रमको आकर्षण नै पन्चे बाजा रहेको थियो भने प्रवेशद्वार देखि नै टोलीले बाजा बजाउदै कार्यक्रमस्थल प्रवेश गरेको थियो । कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष कन्हैया सिंह परिवारले स्वागत मन्तब्य गरेका थिए ।

कार्यक्रममा नायिकाहरु ऋचा घिमिरे,अरुणा लम्साल,मेलिना मानन्धर, उषा पौडेल,सारङ्गा श्रेष्ठ नायक मुकेश ढकाल लगायत थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन इनास अमेरिकाका महासचिव राहुल केसीले गरेका थिए भने सांस्कृतिक कार्यक्रम पत्राकार सन्देश कुमार खड्काले गरेका थिए । प्रसिद्ध गायक श्याम गुरुङले उक्त कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए भने एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, इनास भर्जिनियाका कार्यबाहक अध्यक्ष अर्जुन घिमिरे, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार केन्टकी इनासका अध्यक्ष अर्जुन थापा बानाका अध्यक्ष सुबोध पन्त लगायत विभिन्न समाजसेवीहरुले उपस्थिति जनाएका थिए । सांस्कृतिक कार्यक्रममा दुई दर्जन सांगीतिक कोसेलीहरु प्रस्तुत भएका थिए भने मुख्य आकर्षण यम बरालको रहेको थियो । यस पटक पन्चे बाजामा दोहोरी गीत समेत प्रस्तुत गरिएको थियो ।