काठमाडौं । तारा बहादुर कुँवर काभ्रे जिल्लाको सविक चौवास गाविस र हाल भुम्लु गाउँपालीका–४ का स्थायी बासिन्दा हुन । जिल्लाको कोशीपारीबाट राजधानी छिरेर संघर्षबाट आफ्नो पहिचान उच्च कदमा राख्न सफल कुँवरलाई यतिबेला चुनावी सरगर्मीले छोपेको छ । सामाजिक कामबाट स्थापित कुँवरले जनताका पिडा, दःुख र समस्यालाई समाधान गर्दै आगाडी बढेको अनुभवबाट अब आम नागरिकको समस्याको सारथी बन्ने प्रण गरेका छन । किन भने आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुँवर प्रतिनिधिसभा २ को प्रदेशसभा (क)बाट लौरो अभियान लिएर उम्मेदवार बनेका छन । त्यसो त कुँवरलाई यो निर्वाचनमा विजयी हुन संघर्ष गर्नु पर्ने छ । उनले व्यवसायमा स्थापित हुन गरेको संघर्ष जस्तै गर्नु पर्ने हुन्छ किन भने, वर्षौ देखि संगठन बनाएर उम्मेदवार बनाइएका दलका नेताहरु संग प्रतिस्पर्धा गर्नु पर्ने छ । तर पनि कुँवरले हिम्मत हारेका छैनन । उनलाई संघर्षबाट सफल कसरी भइन्छ भन्ने राम्रो ज्ञान छ । उनै कुँवर संग आगामी मंसीर ४ को चुनावी एजेण्डा र सामाजिक कामको अनुभवका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको :
– तपाई व्यवसाय हुँदै सामाजिक काममा रमाउँनु भएको मान्छे किन राजनीतिमा प्रवेश गर्नु भयो ?
मैले जिवनमा धेरै संघर्ष गरें । धेरै दुःखका अनुभव छन । म ११ वर्षको उम्मेरमा काठमाडौ छिरेको मान्छे, हुँ । खाली हात राजधानी छिरेर हेभिइक्युप्मेन्ट व्यवसायमा आज म सफल भएको छु । यो स्थानमा पुग्न मैले कयौँ दुखका पहाड चढेको छु । सबै वर्गका मान्छेको समस्या थाहा छ मलाई । सबै किसिमको अनुभव गरेको छु, अरुको काम गरेको दिन देखी आफै एउटा सफल उद्यमी बने सम्मका अनुभवले म खारिएको छु ।
म जसरी संघर्ष गरेर एउटा सफल उद्यमी बनेँ, देश पनि संघर्ष गरेर अनेक व्यवस्थामा रहयो । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्र । तर देशको संघर्षले कहिले पनि नागरिक सुखी भएनन । व्यवस्था चलाउँनेहरु नागरिकहरु प्रति जिम्मेवारी बनेन । नागरिकका समस्या उल्टै थपिदै गए, बेरोजगारीको संख्या बढ्दै गयो । मलाई पछिल्लो देशको अवस्था, आम किसान दाजुभाइहरुले भोग्नु भएको समस्याले निक्कै मन दुख्यो । अनि म विशुद्ध गैरराजनीतिक ढंगले सामाजिक काम र व्यवसायमा रमाएको मान्छेलाई सबै नीतिको प्रमुख नीति राजनीति गरेर केही परिर्वतनको विगुल फुक्ने जोश चढ्यो ।
– अहिले चुनावको प्रचारप्रसारको तयारी कसरी गरिरहनु भएको छ ?
वास्तवमा आम काभ्रे जिल्लाका दाजुभाई दिदिबहिनीहरुलाई मेरोबारेमा थोरै भए पनि थाहा छ । मेरो लागि भन्दा पनि हाम्रा लागि तारा बहादुर आएको हो भन्ने धेरैलाई अनुभुति भएको छ । मैँले एउटा व्यवसाय चलाउँदा गरेका सामाजिक काम बारेमा मतदाताहरु आफै ज्ञाता हुनुहुन्छ । अब म जनप्रतिनिधि हुँदा अझ धेरै गर्न सक्छु भन्ने नागरिकहरुको अपेक्षा पनि छ । उहाँहरुले मेरो लागि आफै आफै मत मागेर प्रचार थाल्नु भएको छ ।
– अहिले तपाई चुनावी अभियानमा नै हुनुहुन्छ, अनि नागरिकहरुबाट कस्तो प्रतिक्रिया पाउँनु भएको छ त ?
अहिले हामी संग निरन्तर भेट हुँदा र हाम्रो सम्पर्क कार्यालयमा दिनहुँ विभिन्न क्षेत्रका नागरिकहरु आइ हामीलाई सल्लाह सुझाव र राम्रा राम्रा प्रतिक्रिया दिइरहनु भएको छ । उहाँहरुले म माथी भरोसा गरेर सबै नागरिकका समस्याको सारथी बन्ने विश्वासका साथ मलाई विजयी गराउँन स्वत स्फूर्त ढंगले लागि परेको बताउँनु भएको छ । हाल सम्म मैले भेटेका मतदाता दाजुभाई दिदिबहिनीहरुले आफु मात्रै नभई आफुले चिनेजानेका सबै संग मत मागेर मलाई जिताउँन लाग्ने गरि आफ्ना अभियान थाल्नु भएको छ ।
– तपाईका खास चुनावी एजेण्डा के छन ?
काभ्रे जिल्ला राजधानी नजिकैको जिल्ला हो । यहाँबाट राजधानी भरीको झण्डै ३५ प्रतिसत तरकारीजन्य वस्तुको बजार नियन्त्रणमा छ । यहाँको उत्पादनलाई बृद्धि गर्दै कृषिमा नै रोजगारीका सम्भावनाहरुको खोजी गरेर कृषिमा एउटा क्रान्ती ल्याउने अभियानको सुरुवात म गर्छुु । सबै क्षेत्रका पर्यटकिय विकासमा मेरो महत्वपुर्ण काम हुने छ । दोलालघाट मुलखर्क – भिमसेनथान, दोलालघाट – पलाञ्चोक भगवती क्षेत्रमा केवुलकारको विकास गरेर काभ्रेलाई नयाँ पर्यटकिय युगमा परिर्वतन गर्ने गरि काम अगाडी बढाउँछु । धुलिखेल, अनैकोट, मण्डन, ज्याम्दी, भुम्लु लगायतका स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकिय हव बनाउँने गरि संरचनाहरु निमार्ण गर्ने मेरो अभियान हुने छ ।
अरनीको राजमार्ग अन्तर्गत दोलालघाट र पांचखालमा कृषि हाटबजार विकास गरि पलाञ्चोक भगवती तथा मुलखर्क भिमेसन आउँने धार्मिक पर्यटक तथा अरनीको राजमार्ग प्रयोग गर्ने यात्रुलाई उत्पादक देखि उपभोक्ता सम्म एकै दिन उत्पादित सामाग्री उपभोग गर्ने गरि यहाँका तरकारी फलफुल दुध, ध्यू, धान, मकै खरिद विक्रि गराएर किसानले सिधै उपभोक्तामा पुर्याउँने गरि काम गर्ने छु ।
‘छोराछोरी विदेश निकासी होइन’, ‘छोराछोरी घरमा बसेर उत्पादित सामाग्री विदेश निर्यात’ गर्ने व्यवस्था मिलाउँने छु । व्यवस्थित सडक संरचना बनाइ १२ महिना नै चल्न सक्ने गरि विकास गर्ने छु । साथै एक घर एक धारा निर्माण गरी खानेपानीको व्यवस्थापन गर्ने छु । प्रयोगात्मक शिक्षालाई उच्च तह सम्म निशुल्क पढाइने व्यवस्था मिलाइने छ । स्वाथ्य उपचार सबै नागरिकको पहुँचमा निशुल्क तथा स्थानीय स्तरमा पुर्याउँने गरि काम गर्ने छु । अलिकति फेरी थप्छु कृषिमा मेरो जोड हुने छ । जस्तै ; कृषिमा अहिले भैरहेको ३५ प्रतिसतलाई ७५ प्रतिसत काभ्रेको उत्पादनले बजार नियन्त्रण गर्ने क्षमताको बृद्धि गर्ने गरि काम गर्छु । दुध तथा दुधजन्य उत्पादनलाई काभ्रेकोे उत्पादनले सतप्रतिसत काठमाडौ उपत्यकालाई निर्यात गर्ने गरि काम अगाडी बढाइने छ । रासायनिक मलको अभाव पुर्ण रुपमा अन्त्य गर्ने गरि काम गर्छु । मेरो निर्वाचन क्षेत्रभित्र सिंचाइको पुर्णरुपमा व्यवस्थापन गर्छु ।
– तपाईले यति धेरै काम गर्नु हुन्छ भन्ने विस्वास गर्ने आधार के हो ?
म सानो संघर्षबाट स्थापित मान्छे होइन, मैले धेरै मान्छेको दुखमा मलहम लगाएको छु । दुःखलाई धेरैको सुखमा बदल्दिएको छु । झण्डै ४५ वर्षको संघर्षले
म र मलाई खान लाउन पुग्ने सम्पती मैले पुर्याएको छु । मेरो छोराछोरी सबै सेटल भैसकेका छन । म सामाजिक काम गर्दै गर्दै अगाडी बढेको मान्छे हुँ । अहिले पनि थुप्रै सामाजिक कार्यमा नितान्त मेरो लगानीमा भैरहेको छ । म यो क्षेत्रको विकास गर्दै नागरिकको जिवनस्तर उकास्ने उद्देश्यले आएको हुँ । मलाई राजनीतिबाट कमाउँनु छैन । म शुन्यबाट यो स्थानमा पुग्न सफल भएकोले म यहाँको राजनीतिमा पनि सफल हुन्छु । मेरा हिजोका इतिहास नै मलाई विस्वास गर्ने तपाई मतदाताका आधार हुन ।
– अहिले चाँही विकास निर्माण नभएका त होइन नी ?
विकास निर्माणको काममा ढिला सुस्ती र लापरवाहि हुनु हुदैन भन्ने मेरो मान्यता हो । हाम्रो दवाव र खबरदारी निरन्तर कायम रहने छ । नागरिकका लागि भित्रने विकास नागरिकका लागि मात्रै हुनु पर्छ ।