काभ्रे क्षेत्र २ प्रदेश १ का उम्मेदवार तारा बहादुर कुँवरको सम्पर्क कार्यालय भनेर लेखिएको बोर्ड र प्रतिबद्ध पत्र पाँचखाल बाट लुटिएको खबर प्राप्त भएको छ ।
हिजो राति १० बजेको समयमा एउटा समुहले लुटेर लगेको कुँवरले जानकारी दिनु भयो । बिगत केहि समय देखि कुँवरले पाँचखाल क्षेत्र लाई आफ्नो चुनावि आधार क्षेत्र बनाई मतदातासँग भेटघाट कार्यक्रमलाई तिब्र पारेका थिए ।
जनता माझ दिनानु दिन प्राप्त लोकप्रियता बाट डराएका अन्य दलहरुका उम्मेदवार समर्थित केहि अराजक ब्यक्तिहरुले बोर्ड तथा ब्यानर रातिको समयमा कायरता पुर्वक लगेको अनुमान गर्न सकिने कुँवरले जानकारी दिनु भयो । उम्मेदवार कुँवरको लोकप्रियता देखेर बिपक्षहरुको सधै उहाँ प्रति नराम्रो दृष्टिकोण रहने गरेको छ ।
ताराबहादुर कुँबर तिव्र रुपमा लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । उनी पनि केही दिनदेखि नै घरदैलोमै व्यस्त छन् । सामान्य परिवारमा जन्मिएर अर्बौ रुपियाँको मालिक बनेका समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर क्षेत्री भष्ट्राचार विरोधी अभियान्ता हुन् ।
चक्रपथ सरसफाइ अभियानको संयोजक भएर पनि उनले लामो समय देखिनै काम गरिरहेका छन् ।कसैको विरोध नगरी सामाजिक सञ्जालमा कडा रुपमा उत्रिएका उनले आफ्नो विचार प्रष्टसँग राख्दै आएका छन् ।
आफ्नो एजेन्डालाई जनतासामु प्रष्ट्रसँग राखेका उनले समक्ष नेतृत्व र भष्ट्राचारको विरोधीको रुपमा आफूलाई उभ्याएका छन् । उनको सकृयता हेर्दा निर्वाचन परिणाम जे पनि हुन सक्ने कतिपयको आंकलन छ ।
आफ्नो निर्वाचन क्षेत्रलाई कृषि, पर्यटन, स्थानीय उत्पदन लगायत धेरै क्षेत्रबाट त्यस क्षेत्रका जनताको आर्थिक तथा समाजिक जीवनस्तर उकास्ने आफुसँग कयौँ योजना रहेको उनको भनाई छ ।जन्मभुमी र मातृभूमिको ऋण तिर्न बाँकी रहेको बताउँदै कुँवरले जनताको आर्थिक उन्नतिलाई पहिलो प्राथमिकतामा राखी आफ्नो क्षेत्र तथा जिल्लाको विकाशको स्पष्ट खाका सहित जनताको सेवा गर्न आएको बताएका छन् ।
मत दिएर जिताउनु भएमा सास रहुन्जेल जनसेवा मै जिवन बिताउने छु । देश विकाशको विज्ञहरु, कृषिविज्ञ, पर्यटनविद, अर्थशास्त्री, डाक्टर, इंजीनिएर, कानुनविद, भाषा तथा संस्कृतिविद, शिक्षाविद, व्यवस्थापनका विज्ञहरुले आफुलाई समग्र देश विकाशको लागि स्पष्ट खाका तयार गर्न साथ दिएको उनी बताउँछन् ।आफुले यस निर्वाचनमा जित हासिल गरेमा आफ्नो प्रदेशको आर्थिक, सामाजिक र भौतिक विकाशमा आमुल परिवर्तन गरी देश कै नमुना प्रदेश बनाउने उनको प्रतिबद्दता छ ।