Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

रामचन्द्र अधिकारीको स्वास्थ्यको विषयमा कलाकार संघले निकाल्यो विज्ञप्ती

Thursday, October 20, 2022 National Power

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको सदस्य चरित्र अभिनेता रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियावाट पिंडित भएको कारणले मेडीकेयर अस्पतालमा उपचार गराइ रहेका छन् । संघका का.वा. अध्यक्ष श्री सानु कुमार ताम्राकार तथा संस्थाका सदस्यहरुले कलाकार अधिकारीलाई नियमित भेटिरहेको र उनको स्वास्थ्यमा सुधार आईरहेको वताएका छन् । अब दुई दिन पछि डिस्चार्ज गरिने कुरा अधिकारीका परिवारले बताएको कलाकार संघले विज्ञप्तीमा जनाएको छ ।

संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तीमा कलाकार रामचन्द्र अधिकारीको संम्वन्धमा आएको भ्रामक र अतिरञ्जित समाचार प्रति कलाकार संघले खेद ब्यक्त गर्दै यस्ता किसिमका कपोकल्पित, भ्रामक तथा तथ्यहिन समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि विज्ञप्तिमा भनिएकोे छ ।