Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सागरले नगरकोटमा मिनाको साथ खोजेपछी (भिडियो सहित)

Saturday, October 15, 2022 National Power

काठमाडौं- नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।

प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन् । नगरकोटको रमणिय दृश्यहरु समेटेर छायांकन गरेको  ‘तिम्रो साथ’ बोलको गीतको लाई दुई दिन लगाएर छायाँकन गरिएको थियो । गीतमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।

कविन्द्र तामाङको शब्द तथा संगीत रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका हुन् । बिक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोलाई कोरियोग्राफर समेत रहेका अजय स्याङ्तानले निर्देशन गरेका हुन्।