Monday 9th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ : राम कृष्ण पोखरेल जिल्ला सदस्य

Wednesday, October 12, 2022 National Power

काभ्रेपलान्चोक – २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि धुलिखेल नगरपालिका वडा नं.३ ले लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक आज सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस धुलिखेल वडा नं. ३ का सभापति मधुसुदन खत्रीको सभापतित्वमा सम्पन्न हो । बैठकले संयुक्त गठबन्धनको तर्फबाट एक जुट भएर लाग्ने र बिजय गराइ जनताको हक हित र बिकाशको लागि सदैब तत्पर रहने निर्णय गरेको नेपाल कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य रामकृष्ण पोखरेलले जानकारी दिनु भयो ।

बैठकमा गठबन्धनमा कुनै किसिमको शंका उपशंका नगर्न पनि अनुरोध गरिएको थियो । गठबन्धनलाई जसरी भए पनि जिताउन सबैलाई चुनावी माहोलमा लाग्न समेत आग्रह गरिएको थियो ।

उता गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य रामकृष्ण पोखरेलले बताए । अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता अनुसार नै भएको बताउँदै पोखरेलले भने– ‘राष्ट्रिय आवश्यकताअनुसार बनेको गठबन्धन हो,’। त्यहीअनुसार अगाडि बढ्नुपर्छ । सबैले ईमान्दार भएर चुनावमा लाग्नु पर्ने सुझाव समेत दिए ।