Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सामाजिक कार्यमा कृयाशिल बाराका बिनोद यादव,बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह

Friday, September 30, 2022 Devil Singh Rajput

मलेसिया, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसङ्गै सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन । मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन । उनले युएईमा शिभांश ह्युमन रिसोर्ससेज एफजेडसिएल एल सि,नेपालमा एलाईन्स ग्रुप अफ कम्पनीज,मलेसियामा सनरेड एडभान्स मेनेजमेन्ट सर्भिसेज एसडिएन बिएचडिमार्फत आफ्नो ब्यावसाय सन्चालन गर्दै आएका छन ।यादवले आफ्नो ब्यावसाय मात्रै नगरेर मलेसिया, दुबई र बंगलादेशमा रहेका नेपालीहरूलाई सहयोग गर्दै दु:खको सारथि बन्ने पनि गरेका छन ।हाल उनी बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धार अभियानमा  लागेको बताऊछन ।

यादवले आफू पनि साधारण परिवारमा जन्मिएको र दुखमा हुर्किएको ब्यक्ति भएकाले आफूसँग बढी पैसा भएर नभई उनिहरुको दुखमा साथ दिएको बताउछन । नेपालभन्दा बढी विदेशमा नै रहने यादवले युएई,मलेसिया,बंगलादेशमा समस्यामा परेका २६ नेपालीलाई यो भन्दा पहिले हवाई टिकट उपलव्ध गराई सकेका छन । उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको निस्वार्थ उद्वार गरेकोमा धेरै सामाजिक संघ,सँस्थाहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका छन ।
यादवको सामाजिक कार्यको प्रसंशा स्वदेश तथा विदेशमा उत्तिकै हुने गरेको छ । बाराका एउटा किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन । कुराकानीका क्रममा यादवले आउदै गरेको नेपालीहरुको महान पर्व दशै,तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्दै आफुले एक नेपालीको कर्तव्य मात्र पूरा गरेको बताए ।

व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट बैदेशिक रोजगारीमा आएका युवाबर्गको समस्या समाधान गर्दा आफुलाई आत्मसन्तुस्टी  मिल्ने यादव बताउछन । उनले आफ्नो ब्यावसायिक यात्रासङ्गै सामाजिक कार्यलाई बढावा दिदै जाने बताए ।यादव मलेसिया,युएईलगाएतका देशमा बैदेशिक रोजगारीमा आएर समस्यामा परि नेपाल फर्कन नसकेका नेपालीहरु भए आफ्नो सम्पर्कमा आउन अनुरोध गर्छन । उनी आफ्नो गाँस नै कटाएर भएपनि समस्यामा परेका नेपालीलाई सहयोग गर्न पछि नपर्ने जिकिर समेत गर्छन । केही वर्ष पहिले यादव पनि पत्रकारिता क्षेत्रमा नै आवद्ध ब्यक्ति हुन ।