Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

मनकामना साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न,   

Wednesday, September 21, 2022 National Power

 काभ्रेपलान्चोक – काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ मा रहेको मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष सोम प्रसाद हुमागाई लगातयको विशेष आथित्यता रहको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्वव्यापी रुपमा देखिएको आर्थिक असहजताको प्रभाव नेपालमा पनि परेको र बैंकले एक्कासी व्याजदर बढाउँदा सहकारी क्षेत्र प्रभावित बनेको बताउनुभयो । पौडेलले मनकामना साकोस सहकारीका मुल्य, मान्यता र आदर्श अनुरुप सञ्चालनमा रहेको र वित्तीय अवस्था पनि स्वस्थ र सबल भएकोप्रति खुसी व्यक्त गर्दै दिगो र सूशासित साकोस सञ्चालन निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो । 

सभामा साकोसका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन मार्फत साकोसको समग्र वित्तीय अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

साधारणसभा कार्यक्रममा साकोसका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार (बनेपा निस्ट कलेजबाट नेपाल भरका माध्यामिक विद्यालयबाट कक्षा १२ को विज्ञान विषयमा सर्बोत्कृष्ट ग्रेड 3.96 GPA प्राप्त गर्न सफल) विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका सियर सदस्यहरु, कर्मचारीहरु, संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियो ।