Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

एएमएस नेशनल सम्मान तथा अवार्ड कार्यक्रम हुँदै

Tuesday, September 20, 2022 National Power

काठमाडौं- नेपाल कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ए एम एस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रा।लि।ले नेपाली कला क्षेत्रमा योगदान पुर्‍याउनु भएका विशिष्ट व्यक्तित्वहरू लाई उहाँहरूका कार्यको प्रोत्साहन तथा सम्मानका साथै पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्‍याउने उद्देश्यले यही असोज ९ गते हायत रेजेन्सी होटल, बौद्धमा एएमएस नेशनल सम्मान तथा अवार्ड द्वारा सम्मान गर्ने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रै पहिचान, स्रष्टा कलाकारको सम्मान’ भन्ने मूल नाराका साथ भव्य र सभ्य रुपमा सम्पन्न हुन गइरहेको समारोहमा विशिष्ट गीतकार किरण खरेल लाई दीर्घ साधना सम्मान ( लाइफ टाइम एचिभमेन्ट अवार्ड) बाट सम्मानित गर्न लागेको आयोजक टिमले जानकारी दिएको छ ।

देशकै विशिष्ट व्यक्तित्वको आतिथ्यतामा हुने यस समारोहमा स्रष्टा, सर्जक, प्रस्तोता, कलाकार, प्रविधिक, सञ्चारकर्मी, व्यवसायी, पर्वतारोही तथा विमान चालकलगायत समाजका विविध क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई समेत सम्मान तथा अवार्ड प्रदान गर्ने अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी गराउनुभयो । सोमबार राजधानीमा पत्रकार भेटघाटबीच आयोजकले यो जानकारी गराएको हो । कार्यक्रमको निर्णयक कमिटीमा चलचित्र निर्देशक माधव राज खरेल र पत्रकार एवं गीतकार सुमन बैरागी पण्डित हरनुभएको छ ।