Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

कस्ता कस्ता सेटिङ भएका थिए अहिले सबै छताछुल्ल भयो : ओली

Saturday, September 17, 2022 National Power

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको बताउँदै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो । कस्ता कस्ता सेटिङ भएका थिए । किन मानपदवी अलङ्कार पदक पाए ?  कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न पर्ने किन स्थिति बन्यो ?

उनले राजनीतिक स्वार्थका कारण एउटा कोर्स लिइसकेको र थिति मिचेर गठबन्धन सरकार ल्याइसकेको बताए । ‘प्रतिनिधिसभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो ।

प्रतिगमन कहाँबाट आउँथ्यो ?’ ओलीले संसद् विघटनको आफ्नो कदमको बचाऊ गर्दै संविधानमा पाँचै वर्ष भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता भ्रम फिँजाउन वाञ्छनीय हुँदैन । कुन संविधान पढेर आएर बहस गर्नुहुन्छ ?’