Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेत्रज्योति संघका महासचिव चन्द र बोर्ड सदस्य डा श्रेष्ठलाई अन्तराष्ट्रिय अवार्ड

Sunday, September 11, 2022 Devil Singh Rajput

काठमाडौँ, २६ भदौ । आाँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द र बोर्ड सदस्य डा सविना श्रेष्ठलाई भारतमा अवार्डद्धारा सम्मान गरिएको छ । एशोसिएसन अफ कम्युनिटी अफथाल्मोलोजिस्ट अफ इन्डियाले चन्दलाई संघ मार्फत विभिन्न पहुँच नभएका व्यक्तिहरुलाई आँखा सेवा पुराएको र डा सविनालाई गाउँ गाउँसम्म पुगेर बालबालिकाको आँखा स्वास्थ्य सुधार गर्न योगदान गरेको भन्दै अवार्ड प्रदान गरेको हो ।

चन्दलाई ‘डा रामप्रसाद पोखरेल इन्डो नेपाल फ्रेन्डसीय अवार्ड’ र डा सविनालाई ‘मेहरा एकोइन अवार्ड’ प्रदान गरिएको हो । कार्यक्रम भारतको कास्मिरमा सम्पन्न भएको थियो ।