Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

चलचित्रको अतिक्रमण र पक्षपोषण बिरूद्ध लाग्न परिवर्तन नेपालले आह्वान

Friday, September 9, 2022 National Power

काठमाण्डौ – नेपाली चलचित्रलाई धराशायी पार्ने षडयन्त्र र बिदेशी चलचित्रको पक्ष पोषण गर्ने हालैको कृयाकलाप प्रति नेपालको कला , संस्कृतिको क्षेत्रमा सकृय रहँदै आएको परिवर्तन नेपाल ले आफ्नो ध्यानाकर्षण भएको कुरा केन्द्रिय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

अस्पष्ट सरकारी नीति,चलचित्रकर्मीहरूको उदाशीनता,बिदेशी चलचित्रको अनाधिकृत प्रभाव र सरोकारवालाको संवेदनहिनताको कारण नेपाली चलचित्र उद्योग जोखिमको अवस्थामा अगाडि बढिरहेको कुरा माथि चिन्ता व्यक्त गर्दै सिमित बजार,न्युन लगानीमा निर्माण भएता पनि नेपाली चलचित्र अरबौंको लगानीमा निर्माण भएका बिदेशी चलचित्र भन्दा कमजोर छैनन् भन्ने कुरा उल्लेख गरेका छन् ।

विदेशी चलचित्रलाई प्रथमिकता दिनु र नेपाली चलचित्रलाई सौतेनि ब्यबहार गरिनु बिडम्बनाको बिषय भएको कुरा परिवर्तन नेपालले उल्लेख गरे । विदेशी चलचित्र खासगरी भारतीय चलचित्रको नेपालमा बढ्दो प्राथमिकताले एकातिर देशको कला संस्कृति भेषभुषा र भाषा माथि अतिक्रमण भैरहेको छ भने अर्कोतिर दिर्घकालिन रूपमा राष्ट्रियता माथि नै खतरा बन्दै गैरहेको ठम्याई परिवर्तन नेपालको छ ।यो तथ्यलाई समयमै ध्यान दिन नसके नेपाल पनि फिजिकरण हुने डरलाग्दो भुमरीमा फस्ने निष्कर्ष परिवर्तन नेपालको रहेको छ ।

यसर्थ नेपाली चलचित्र सम्बन्धि सरोकारवाला सबै पक्ष संघ संस्थाहरू एक्यबद्ध भई एक आवाज भई नेपाली चलचित्रको श्रीबृद्धिका लागि हातेमालो गरी भारतीय चलचित्रको अतिक्रमण र पक्षपोषण बिरूद्ध लाग्न परिवर्तन नेपालले आह्वान गरेको छ ।