Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चलचित्रको अतिक्रमण र पक्षपोषण बिरूद्ध लाग्न परिवर्तन नेपालले आह्वान

Friday, September 9, 2022 National Power

काठमाण्डौ – नेपाली चलचित्रलाई धराशायी पार्ने षडयन्त्र र बिदेशी चलचित्रको पक्ष पोषण गर्ने हालैको कृयाकलाप प्रति नेपालको कला , संस्कृतिको क्षेत्रमा सकृय रहँदै आएको परिवर्तन नेपाल ले आफ्नो ध्यानाकर्षण भएको कुरा केन्द्रिय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

अस्पष्ट सरकारी नीति,चलचित्रकर्मीहरूको उदाशीनता,बिदेशी चलचित्रको अनाधिकृत प्रभाव र सरोकारवालाको संवेदनहिनताको कारण नेपाली चलचित्र उद्योग जोखिमको अवस्थामा अगाडि बढिरहेको कुरा माथि चिन्ता व्यक्त गर्दै सिमित बजार,न्युन लगानीमा निर्माण भएता पनि नेपाली चलचित्र अरबौंको लगानीमा निर्माण भएका बिदेशी चलचित्र भन्दा कमजोर छैनन् भन्ने कुरा उल्लेख गरेका छन् ।

विदेशी चलचित्रलाई प्रथमिकता दिनु र नेपाली चलचित्रलाई सौतेनि ब्यबहार गरिनु बिडम्बनाको बिषय भएको कुरा परिवर्तन नेपालले उल्लेख गरे । विदेशी चलचित्र खासगरी भारतीय चलचित्रको नेपालमा बढ्दो प्राथमिकताले एकातिर देशको कला संस्कृति भेषभुषा र भाषा माथि अतिक्रमण भैरहेको छ भने अर्कोतिर दिर्घकालिन रूपमा राष्ट्रियता माथि नै खतरा बन्दै गैरहेको ठम्याई परिवर्तन नेपालको छ ।यो तथ्यलाई समयमै ध्यान दिन नसके नेपाल पनि फिजिकरण हुने डरलाग्दो भुमरीमा फस्ने निष्कर्ष परिवर्तन नेपालको रहेको छ ।

यसर्थ नेपाली चलचित्र सम्बन्धि सरोकारवाला सबै पक्ष संघ संस्थाहरू एक्यबद्ध भई एक आवाज भई नेपाली चलचित्रको श्रीबृद्धिका लागि हातेमालो गरी भारतीय चलचित्रको अतिक्रमण र पक्षपोषण बिरूद्ध लाग्न परिवर्तन नेपालले आह्वान गरेको छ ।