Wednesday 21st May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पल शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्षको जेल सजाय, बलात्कार मुद्दामा सफाइ

Wednesday, September 7, 2022 National Power

काठमाडौं-नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर सो फैसला गर्नुभएको हो ।

पलले सफाइ पाएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको मुद्दामा पललाई साढे दुई वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाउनुभएको हो । यस्तै इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।

गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । पलमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको थियो । पछि नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।