Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

‘मिस्टर एण्ड मिस टीन सुपर मोडल’ को उपाधी यशश र प्रनिशालाई

Wednesday, September 7, 2022 Devil Singh Rajput

काठमाडौँ —  यशश स्थापित र प्रनिशा राईले ‘मिस्टर एण्ड मिस टीन सुपर मोडल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । अन्य प्रतियोगितालाई पछि पार्दै स्थापित पुरुष र राई पुरु महिला तर्फको विजेता बनेका हुन् । आईतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ आयोजित स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद रु २५ हजारसंगै एवरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको छात्रवृत्ती, नेपाल एयरहोस्टेस एकेडेमि अध्ययन छात्रवृत्ती, माईलस्टोन डान्स एकेडेमीमा छात्रवृत्ती, लाईव नेपाल फिल्म एकेडेमीमा छात्रवृत्ती, एडी ग्लोवल एजुकेशनमा शैक्षिक छात्रवृत्ती तथा अन्य विभिन्न आकर्षक मोडलिङ सम्वद्द अवसरहरु प्राप्त गरेका छन। पछिल्लो समय स्तरीय मोडल उत्पादनमा स्थापित हुँदै आएको एभरेष्ट ईभेन्ट्सको यो तेश्रो संस्करण हो ।

आर्शु महर्जन र सुगन्धा अधिकारीको अफिसियल कोरियोग्राफीमा नेपाली रंगक्षेत्रका स्थापित व्याक्तित्वहरुको उपस्थितिसंगै सुरुभएको प्रतियोगितामा समिर सिकारी र समिक्षा थापा फर्स्ट रनर अप त्यसैगरी परिश श्रेष्ठ र स्नेहा पन्त सेकेन्ड रनर अप चुनिए । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए । श्रेष्ठले अब आउँने दिनमा प्रतियोगितालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु लागिपरिरहेको बताए।

चर्चित अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा ईनोभेसन ईभेन्ट मेनेजमेन्टका एमडी महेश केसी, मर्निङ ग्लोरी ईन्टरटेनमेन्ट्की सिईओ, नेशनल एकेडेमी हाईस्कूलकी प्रिन्सिपल मोहना मोथे खनाल, अन्तर्राष्ट्रिय मोडल तथा नायक दीपक घिमिरे, ग्लोवल अनलाईन पे तथा मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजतपुत, मोडल तथा एयरहोस्टेस दिव्या महर्जन रहेका थिए। नेपाली मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उदेश्य रहेको उक्त प्रतियोगितामा कृष्ण मगर र डोल्मा शेर्पा अर्गनाईजर चोईस, मोहित शाह र सार्दा गुरुङ्ग ब्राण्ड एम्बास्डर, स्नेहा राणा ब्युटी वीथ ब्रेन र सायका भट्ट मस्ट पपुलर अवार्ड विजेता घोषित भए।