Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’को आवेदन खुला, अडिसन भाद्र ११ मा हुने

Tuesday, August 16, 2022 Devil Singh Rajput

काठमाडौँ — ट्यालेन्ट पिक इन्कर्पोरेट प्रा ली ले नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ। आयोजक ट्यालेन्ट पिक इन्कर्पोरेटले आईतबार एक विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ । १८ वर्ष देखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको अडिसन भाद्र ११ गते हुनेछ ।

अडिसनबाट छनौट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले जनाएका छन । अडिसनमा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीले ग्लोवल अनलाईन पे मार्फत आफ्नो आवेदन दिन सक्नेछन। आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिव एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने जनाईन ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्वद्द विभिन्न आकर्षक अवसरहरु प्राप्त गर्ने छन।