Wednesday 27th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

आशिका शाह र आयुष साउदले जिते मिस एण्ड मिस्टर ग्लोवको टाईटल

Sunday, August 14, 2022 Devil Singh Rajput

काठमाडौँ — श्रावण २९, २०७९।

दुबईमा सम्पन्न मिस एण्ड मिस्टर ग्लोवको टाइटल नेपाली मोडल आशिका शाह र आयुष साउदले हात पारेका छन् । अन्तिम प्रतिस्पर्धामा अन्य १५ देशका प्रतिस्धपर्धीहरुलाई पछि पार्दै आशिकाले मिस टीन वर्ल्ड डाईभरसिटिको टाइटल जितेकी छिन्। त्यसैगरी आयुषले मिस्टर युनिभर्स डाईभर्सिटीको टाईटल हात पार्न सफल रहे।

प्रतिस्पर्धामा आशिकाले शिर्ष उपाधीसंगै मस्ट ट्यालेन्टको उपाधी पनि जिते्की छिन् । आशिकाले यस अघि नेपालमा सम्पन्न लिटिल एण्ड टिन फारवेस्टको शिर्ष उपाधी जितेकी थिईन भने आयुषले मिस्टर सुदुरपश्चिम आईकनको शिर्ष उपाधी जितेका थिए।

न्यू राईज ईन्टरटेनमेन्टले आशिका र आयुषलाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ नवराज देउवा हुन् ।