Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

साङ्ला बालकुमारी मा.विको व्यवस्थापन समितिको अध्यक्षमा थापा चयन

Thursday, August 11, 2022 National Power

काठमाडौं- काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्।

बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्।

प्रधानाध्यापक डा। टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्ने भन्दै उनले शिक्षकहरुलाई अद्यावधिक राख्न पनि शिक्षकहरुको क्षमता परीक्षण हुनुअनिवार्य रहेको बताए। समय अनुसार शिक्षा परिवर्तन हुने भएकोले शिक्षकहरु पनि परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर थापालाई अध्यक्षमा चयन गरेको बताए।

समितिका सदस्यहरुमा विदुर सापकोटा, लक्ष्मण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्की, सुरेस केसी,उषा कुवँर, यादव प्रसाद फुयाल चयन भएका छन्।