Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

ललितपुर चेम्बरको संयोजन तथा आन्तरिक राजश्व कार्यालयको आयोजनामा कर सम्बन्धी अन्तर्कृया सम्पन्न

Friday, August 5, 2022 Devil Singh Rajput

ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको संयोजन तथा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ को संयुक्त आयोजनामा कर सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ का प्रमुखहरु, कर अधिकृत, ललितपुर चेम्बर अफ कमर्स, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर, गोदावरी चेम्बर र महालक्ष्मी चेम्बर सम्बद्ध पदाधिकारी एवम् सदस्य लगायतका उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल सरकारको कर नीति विगतको तुलनामा सुधारोन्मुख रहेकाले करमैत्री बन्दै गएको उल्लेख गर्नुहुँदै धेरै ठाउँमा कर तिर्नुपर्ने वाध्यताबाट व्यवसायीहरु अझै मुक्त हुन भने नसकेको भन्दै सो सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने राय पेश गर्नुभयो ।अध्यक्ष शाक्यले करको दायरा बढाउदै करको दर भने घटाउनतर्फ सरकारले ध्यान दिनुपर्ने, व्यवसायीलाई आर्थिक विधेयक ऐन २०७९ मा भएका सुधारका प्रयास तथा परिमार्जित कर प्रणाली बारे सचेतना अभिब्रिद्धीका कार्यक्रम बेलाबेलामा सरकारीस्तरबाट नै संचालनमा ल्याउनुपर्ने, करदातालाई राहत पुग्ने गरि कर प्रशासनबाट साथ सहयोग रहनुपर्ने आदी जस्ता धारणा राख्नुभयो ।

कार्यक्रम माझ कर अधिकृत राम बहादुर केसीले प्रस्तुती दिनुहुँदै कर कार्यालय सेवाग्राहीकै हो र कर्मचारी सेवाका लागि खटिएका हुन भन्ने बुझ्न् आग्रह गर्नुहुँदै कर नीतिमा समय सापेक्ष सुधार हुँदै आएको बताउनुभयो । सो अवसरमा उहाँले आर्थिक ऐन २०७९ मा भएका सुधार तथा परिमार्जित कर प्रणाली बारे जानकारी दिनु हुँदै कारोबार र नाफाका आधारमा कसरी डे वान, डे टु, डे थ्री, डे फोरको विवरण भर्ने, के भयो भने मिस म्याच हुन्छ, पालिका अनुसार निर्धारित कर व्यवस्था, अन्तशुल्क शुल्क, बिलम्ब, विद्युतिय बिल बिजकआदी बिषय र प्रावधान बारे जानकारी दिनुभएको थियो ।

त्यसो त अन्तर्कृया कार्यक्रम माझ उद्योगी व्यवसायीहरुले कारोबार विवरण बुझाएर कर तिरिसकेको बिषयमा दश बाह्र बर्षपछि आएर कर प्रशासनले मिस म्याच देखाएसँगै व्यवसाय संचालकहरुमा हाल त्रास एवम् आतंक फैलिएको बताउदै निर्यातमा एक्जिम कोडको प्रावधान, कर छुट, बिमा, भ्याट आदी प्रावधान बारे जिज्ञासा राखेका थिए ।

त्यहाँ उठेका सवाल उपर जवाफ पेश गर्नुहुँदै कर अधिकृत केसीले मुख्य रुपमा करदाताहरु मिसम्याचको कार्वाहीमा परिने हो कि भनेर डराउदै आएको स्थिती र चासो साथै जिज्ञासा पनि बढि उठेकोले त्यसबाट नआत्तिन र आतंकबाट नै सचेतना अभिब्रिद्धी एवम सुविधा लिने बिषय बारे थाहा हुन आउने उल्लेख गर्नुभयो । यस सन्दर्भमा थप स्पस्ट पार्दै उहाँले भन्नुभयो ’मिस म्याच देखिएको रकमको मात्र एक दशमलब पाँच प्रतिशत तिर्दा हुने व्यवस्था रहेको छ, त्यसैले कत्ति पनि आत्तिनु पर्दैन’ ।

साथै उहाँले १० करोड भन्दा माथि कारोबार गर्ने व्यवसायिक कम्पनी वा फर्म अनिवार्य विद्युतिय कारोबार गर्नुपर्ने र मल्टि प्लेक्स, पार्टी प्यालेस आदी केही प्रकृतीकाले ५ करोड कारोबारमा समेत विद्युतिय बिजक जारी गर्नुपर्ने प्रावधान आदी बिषयमा स्पष्ट पार्नुभएको थियो ।

आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख अर्जुन प्रसाद ढकालले गुनासो सुन्ने, समस्या सुन्ने, कर सम्बन्धमा भएका नयाँ परिमार्जन बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै मिस म्याचको बिषयबाट डराउनु नपर्ने बरु छुट सुविधा लिदै खुशी हुनुपर्नेमा जोड दिनु भयो । साथै, उहाँले कर प्रशासनमा व्यापक सुधार हुँदै आएको बताउनु हुँदै विगतमा जीवन शैलीलाई आधार मान्दै कर निर्धारण गर्ने अवस्था रहेकामा हाल बिना वैज्ञानिक आधार प्रमाण कर अधिकृतले कार्वाही गर्न नसक्ने उल्लेख गर्नुभयो ।

त्यसैगरि, आन्तरिक राजश्व कार्यालय ललितपुर २ का प्रमुख निरन भट्टराईले विभिन्न खालका छुट सुविधाको प्रावधान भएता पनि अधिकांश करदातालाई सो बारे थाहा नहुने गरेको पाइएको उल्लेख गर्नुहुँदै करदाता स्वयं पनि जागरुक रहन आवश्यक रहेको औंल्याउनु भयो । साथै, उहाँले कर प्रशासन प्रविधि मैत्री र करदातामैत्री बन्दै गईरहेको प्रसङ् उल्लेख गर्नुहुँदै कर सम्बन्धी न्युनतम मापदण्ड पालना गर्न उद्योगी एवम् व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।