Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन मिसिएको छैन् : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

Wednesday, August 3, 2022 Devil Singh Rajput

काठमाडौं । नेपालमा बिक्री हुने दुई बालबालिका लोगो चिन्ह अंकित आयोडिनयुक्त प्याकेट नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि प्रयोगशालामा गरिएको परीक्षणबाट आयोडिन नुनमा आयोडिनको मात्रा बढी नभएको पाइएको जनाएको हो ।

पत्रकार सम्मेलन माझ बाहिर हल्ला भए जस्तो र नुनबारे प्रकाशित अध्ययनहरुले भने झैं अधिक मात्रा आयोडिन नुनमा आयोडिन नदेखिएको विभागले जनाएको छ । ‘नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा आयोडिन छैन्, प्रयोगशाला परीक्षणमा यस्तो देखिदैन’ विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिदै भनिन्।

महानिर्देशक जोशीले भनिन्,‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्रा भन्दा माथि नै नुन पाएका छौं ।’ उनले आयोडिन नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठीक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने बताइन् ।

Inside Article Ads
उनले आयोडिनको मात्रा बारेको अध्ययन अपुरो रहेकाले थप खदिलो, विश्वसनिय र विस्तृत बनाउनुपर्ने आशय व्यक्त समेत गरिन् ।

त्यसैगरि, विभागका उपमहानिर्देशक शैलेशकुमार झाले आयोडिनयुक्त नुनको मात्रा घटी वा बढि के भन्ने बिषय पकाउने तरिकामा निर्भर हुने बताए । ‘आयोडिनको मात्रा घट्ने वा बढ्ने कुरा खाना पकाउनेको तरिकामा भरपर्छ, कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो’ उनले प्रष्ट पार्दै भने ।

विभागका गुणस्तर महाशाखा प्रमुख किशोर केसीले नेपालले औषत खानुपर्ने भन्दा धेरै नुन खानाले आयोडिनको मात्रा धेरै भएको बताए । दैनिक ५ एमएम सेवन गर्दा पुग्नेमा नेपालीमा औसत ९.५ एमएम नुन खाने बानी देखिएको उल्लेख गर्दै केसीले आयोडिनको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो औंल्याए ।