Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

नेपाल भाषाको चलचित्र ‘गालय् वन”को ट्रेलर र गीत सार्वजनिक

Saturday, July 30, 2022 National Power

भक्तपुर-  कमल बिनायक मन्दिरमा  एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र ‘गालय् वन”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार प्रकाश अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको तथा अजय दुवाल निर्माता रहेको चलचित्रलाई संयुक्त स्थापितले निर्देशन गरेका छन ।

कार्यक्रममा प्रमुख् आतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा बिशेष आतिथि वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने यसको प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने कुरा निर्देशक संयुक्त स्थापितले जानकारी गराउनु भएको थियो ।

चलचित्रको सार्वजनिक भएको गीतमा भने स्वर गायक पूर्णमान महर्जन तथा गायिका रत्न शोभा महर्जनको, संगीत पूर्णमान महर्जन, एरेन्ज जिवित महर्जनको रहेको छ भने मिक्सिङ सुरेन्द्र श्रेष्ठको रहेको छ ।

चलचित्रमा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, पुरुषोत्तम पक्का(चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैया प्रजापति, राजेश गोसाई, सुप्रभा गाईजु, श्रीजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, रोशनी श्रेष्ठ, पूर्ण कुमार अवाले, विश्व नारायण भैल, सिताराम माक, महेश प्रकाश हाडा, जीवन त्वाती, कमला त्वाती, जुन सितिख आदी कलाकारको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा अजन श्रेष्ठको ब्याक्राउण्ड स्कोरिङ्ग तथा डबिङ, छांयाकन तथा सम्पादन बालकुमार मगर, कोरियोग्राफी रबिता बके, आर्ट डाइरेक्सन रेणु सुवाल, मेकअप आशा तमाङ, द्वन्द तथा सह निर्देशन लक्ष्मी प्रसाद भैल (ओमबाबा), कथा पटकथा संवाद गीत पुरुषोत्तम पक्का(चक्लेट)को रहेको छ ।