Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षाको अभिनय (भिडियोसहित)

Friday, July 29, 2022 National Power

काठमाडौँ- कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।

बहिनी अन्जना र भाई कन्हैयाको जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो । सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।