काठमाडौं-चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । केसी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुनु भएको हो । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय केसीले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नु भएको छ । बोर्डको अध्यक्षमा दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा हुनुहुन्थ्यो । नेकपा एमालेमा रहनुभएका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।