Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

डा. कृष्णहरी बरालको “ताज महल” सार्वजानिक

Friday, July 15, 2022 National Power

काठमाडौ- गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । नेपाली गीति लेखनका क्षेत्रका नक्षत्र डा. कृष्णहरि बरालको शब्द रहेको ताजमहललाई नबि जनकपुरीले सङ्गीत भरेका छन् भने गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।