Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

एमाले उपाध्यक्ष पौडेलले भने : यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य

Thursday, July 14, 2022 National Power

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ(आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेले ट्वीट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।