Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई

Wednesday, July 13, 2022 Devil Singh Rajput

 मिस्टर एण्ड मिस नवलपरासीको उपाधि क्रमश: रवि बर्मा र श्रुति न्यौपानेले जितेका छन् । त्यस्तै नुरलाम अन्सारी र रोशनी चौधरी फ्रस्ट रनर अप भएका छन्। विजेता बर्मा र न्यौपानेले उपाधिसँगै नगद पुरस्कार,गिफ्ट ह्याम्पर, छात्रवृत्ति र एक वर्षका लागि मोडलिङको अवसर प्राप्त गरेका छन्।
पि प्रोडक्शनको आयोजनामा भएको प्रतियोगितामा मिस्टर एण्ड मिस नवलपरासीसँगै मिस एण्ड मिस टिन नवलपरासी पनि सम्पन्न भएको छ । जसको उपाधि शिवम् बानिया र अम्बिका कोइरीले जितेका छन् । त्यस्तै प्रशान्त धरिकार र स्नेहा अग्रहरी फ्रस्ट रनर अप भएका छन् ।

त्यसैगरी सम्पन्न मिस्टर लिटिल र मिस लिटिलको उपाधि सिसङ सिंह चौधरी र सुहानी कोइरालाले जितेका छन् जेनिश थापा मगर र आयुषी प्रधान फ्रस्ट रनर अप भएका छन् ।

नवलपरासीको सुनवलस्थित होटलमा वरिएनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनीहरु विजेता घोषित भएका हुन् । ग्राण्ड फिनालेमा नेपालकै चर्चित फेशन कोरियोग्राफर सुजित बस्याल मुख्य निर्णायक रहेका थिए । त्यसैगरी प्रज्ञा तिवारी,प्रदिप अर्याल,अंकित शाह , शाहिर केसी,गोविन्द विश्कर्माले निर्णायक रहेका थिए ।

ग्राण्ड फिनाले आयोजक पि प्रोडक्शनका प्रमुख तथा कोरियोग्राफर प्रशान्त शाहको अध्यक्षता, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, पाल्हीनन्दन गाउँपालिका विजु यादव, सकिना अन्सारी लगाएतको विशेष आत्थियतामा भएको कार्यक्रमका संयोजक हिमांशु अग्रहरीले बताए ।